News Category 2072/05/24
प्रहरीको गोली लागि भारदहमा पुनः एकको मृत्यु आन्दोलनका क्रममा महोत्तरीमा तीनको ज्यान गयो
नवीनकुमार गुप्ता
राजविराज, २३ भदौं ।
सप्तरीको भारदहमा बुधबार एक प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ भने एक दर्जन भन्दी बढी प्रहरीको गोली तथा लाठि प्रहारबाट घाइते भएका छन् ।
आन्दोलनकारीहरुले भारदह पोर्ताहा सडकखण्डको विभिन्न ठाउँका रुख काटेर सडक अवरुद्ध गरेको विषयलाई लिएर उत्पन्न परिस्थितिमा प्रहरीले चलाएको गोली लागि पोर्ताहा १ निवासी ६५ वर्षिय रामकृष्ण राउतको घटनास्थलमै मृत्यु भएको हो । यसअघि आन्दोलनकै क्रममा भारदहमा भदौं १ गते २४ वर्षिय राजिव भनिने राजेन्द्र राउतको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।
यसैबीच स्थितिलाई नियन्त्रणमा लिन स्थानिय प्रशासनले बुधबार दिउँसो २ बजेदेखी बिहीबार बिहान ६ बजेसम्मका लागि भारदह गाविस वरिपरि कर्फ्यु आदेश जारि गरेको छ भने पूर्वपश्चिम राजमार्ग अन्तरगत पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान खोलासम्म बुधबार राती ९ बजेदेखी बिहीबार बिहान ६ बजेसम्मका लागि अर्को आदेश नभएसम्म निषेधाज्ञा आदेश समेत जारि गरेको छ ।
यस्तै प्रहरीले चलाएको रबरको गोलीलागि पोर्ताहा ५ का बिजय खिडहरीको छातीमा तथा पोर्ताका ४ का अनिल ठाकुरलाई खुटामा गोली लागेको छ भने कंकालनी मन्दिरमा पुजापाठ गर्न आएका सप्तरीको डिमन ७ निवासी सन्तोष कुमार राम र भारतको बिरपुर ६ निवासी ओमप्रकाश साह प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् ।
स्थानिय प्रशासनले कर्फ्यु आदेश जारि गरेपनि प्रदर्शनकारीहरुले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् । सो समयमा प्रदर्शनकारीहरुले ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौं अश्रृृ ग्यास समेत प्रहार गरेको छ ।
सिमांकन र संघीयताको बिरोधमा उत्रेका आन्दोलनकारीहरुले बुधबार २६ औं दिन भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाएपछि बाटोमा रहेको ढुंगा, काठको मुढा लागयतका अबरोध हटाउन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले ५० राउण्ड अश्रृ ग्यास, रबरको गोली र बुलेट प्रहार गरेको थियो ।
दुबै तर्फबाट ढुंगा हानाहान भएको छ भने प्रहरीले पाँच दर्जन भन्दा बढी अश्रृ ग्यास प्रहार गर्नुका साथै रबरको गोली समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । यसैबीच सप्तरीको कञ्चनपुरस्थित ट्राफिक प्रहरी बीट समेत प्रदर्शनकारीहरुले जलाइदिएका छन् ।
यसैगरि मानवअधिकारकर्मी जंगबहादुर सिंह र पत्रकार जितेन्द्र कुमार झालाई प्रदर्शनकारीहरुले गाली गलौज गर्दौ कुटपिट गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग खण्डस्थित सप्तरीको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरीले मंगलबारराति स्कर्टिङमा एउटा पनि सवारीसाधन सञ्चालन गर्न सकेन् । भारदह, कञ्चनपुर, कदमाहा तथा रुपनीमा राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् । यसैबिच प्रदर्शनकारीहरुले पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमै ना.३ ख ७३०० नम्बरको ट्रकमा आगजनी समेत गरेको छ ।
सोको बिरोधमा प्रदर्शनकारीहरुले बुधबार सप्तरी जिल्लाभरि नै ठाउँ ठाउँमा प्रदर्शन गरिरहेका छन् ।
यता पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ भने पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ ।
दैनिक संवाददाता
राजविराज २३ भदौ ।
महोत्तरीको जलेश्वरमा बुधबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा तीन जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् ।
प्रहरीको गोलीबाट महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी र मसुवा कापरको मृत्यु भएको हो ।
महोत्तरीका एसपी सौरभ राणाका अनुसार प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा घेरा हाली ढुङ्गामुढा गरेको तथा नजिकै रहेको जिल्ला न्यायधीशको निवासमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको बताउनुभएको छ ।
यता जलेश्वरस्थित महेन्द्र चोकमा भेला भएको भीडमा मधेसी मोर्चाका नेताहरुले सम्बोधन गर्ने तयारी गरिरहेका आन्दोलनकारीहरुले बताएका छन् । तर, प्रहरीेले त्यहीबेला उत्तरतर्फ तैनाथ रहेका प्रहरीमाथि केही व्यक्तिले ढुंगा प्रहार गरेपछि स्थिति तनावग्रस्त भएको जनाएको छ ।
यसैबिच महोत्तरीको जलेश्वरमा बुधबार साँझ ८ बजेबाट लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ