News Category 2072/05/24
भारदह घटनाप्रति मधेशी मोर्चाको भत्र्सना
दैनिक संवाददाता
राजविराज, २३ भदौं ।
सप्तरीको भारदहमा बुधबार भएको घटनाको मधेशी मोर्चा सप्तरीले घोर भत्सर्ना गरेको छ ।
मोर्चाका प्रचार प्रसार विभागका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा सिमांकन खाकाको विरोध तथा समग्र मधेश एक प्रदेशको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा उत्रेका मधेशका जनतामाथि बर्बरतापुर्ण तरिकाले लाठी र गोली बर्साएर ज्यान लिने र आन्दोलन दवाउने क्रममा राज्यले फेरि एक पल्ट क्रुर र निरंकुश चरित्र देखाएको आरोप लगाउनु भएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा सोही क्रममा बुधबार विहान सप्तरीको भारदहमा शान्तिपूर्ण आन्दोलन र प्रदर्शनमा प्रहरीले नाङ्गे हस्तक्षेप गर्दै गोली प्रहार गरी सप्तरीको पोर्ताहा–१ बस्ने ६५ वर्षिय रामकृष्ण राउतको मृत्यु भएको छ भने प्रहरीले अन्धाधुन्द गरेको लाठी, अश्रृग्याँस र गोलीको वर्षाले ४ दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएको प्रति घोर भत्सर्ना गरिएको छ ।
जारी विज्ञप्तीमा राज्य र प्रहरीको यो निरंकुशैलीको सर्वप्रथम घोर निन्दा एवं भत्र्सना गर्दै राज्यको यो दमनकारी नीति विरुद्ध समस्त मधेशी समुदायलाई अझ एकजुट भई निर्णायक युद्धको मैदानमा सहभागी बन्न सबै पक्षसँग हार्दिक अनुरोध गर्नुका साथै राज्य र प्रहरी प्रशासनले मधेशको आवाज दवाउन चलाएको हत्याको ऋृखंलाबाट हामी रतिभर विचलित नभई शोकलाई शक्तिमा बदलिँदै अझ सशक्त ढंगबाट अघि बढन अनुरोध गरिएको छ ।
साथै अधिकार प्राप्तिको लडाई अघि बढिरहेको मधेशीहरुक माथि गोली बर्साउने सुरक्षा निकायका कुनै पनि व्यक्तिलाई आ–आफ्नो डेरा वा भाडामा बस्न न दिन समेत सबै न्याय प्रेमी मधेशी समुदायमा हार्दिक अनुरोध गर्दै हाम्रै घरमा डेरा लिई बस्ने र हामी माथि नै गोली बर्साउने त्यस्ता सुरक्षाकर्मीलाई राशन सामग्री समेत उपलब्ध नगराउन हार्दिक अपिल गर्नुका साथै मधेश आन्दोलनमा ज्यान गुमाएका मधेशका सपुत स्व. रामकृष्ण राउत प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ती मार्फत गरीएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ