News Category 2072/05/24
सरकारले मधेशी जनतामाथि गोली चलाउदै संविधान सभा कब्जा गर्न खोज्दै छ ः सरिता गिरी
रामभजन देव
राजविराज २३ भदौ ।
नेपाल सद्भावना पार्टीकी केन्द्रिय उपाध्यक्ष सरिता गिरीले वर्तमान सरकारले मधेशी जनतामाथि गोली चलाउदै संविधान सभा कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ ।
मधेशी मोर्चाद्वारा जारी आन्दोलनको बुधबार २६ औं दिन राजविराजमा आयोजित बिरोध सभामा बोल्नुहुदै उहाँले सो आरोप लगाउनुभएको हो ।
उहाँले मधेशी जनताहरु अहिले अधिकार प्राप्तिका लागि सडकमा शान्तिपुर्ण आन्दोलन गरीरहेको अवस्थामा स्थानीय प्रहरी प्रशासनले मधेशी जनतामाथि गोली चलाएर हत्या गर्दै आएको आरोप लगाउनुभयो ।
नेता गिरीले अब मधेशी जनताहरु जागरुक भईसकेको तथा अधिकार प्राप्त नभएसम्म मधेशी जनताको अधिकार नरोकिने उदघोष गर्नुभयो ।
उहाँले बुधबार भारदहको पोर्ताहामा प्रहरीको गोली लागि मृत्यु भएका रामकिसुन राउतप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्नुका साथै मृतक परिवारलाई धैर्यधारण गर्न तथा मृतक राउतलाई शहिद घोषणा गरी मृतक परिवारलाई उचित क्षतिपुर्तिका लागि माग गर्नुभयो ।
आन्दोलन परिचालन समिति मलेठका संयोजक भिमराज यादवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा मास्मोर्चाका विभिन्न नेता तथा कार्यकर्ताहरुले आ आफनो धारणा राख्नुभएको थियो ।
यसैबिच जारी आन्दोलनको २६ औं दिन सप्तरीको शम्भुनाथ नगरपालिकाको ट्राफिक बजारमा आम मुलनिवासी मुक्ति मोर्चाद्धारा बिरोध सभाको आयोजना गरेको छ ।
आम मुलनिवासी मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मो.इस्लामले बुधबार सप्तरीको भारदहमा भएको घटनाको घोर भत्सर्ना गर्दै मृतक राउतलाई शहिद घोषणा गर्नुपर्ने तथा मृतक परिवारलाई उचित क्षतिपुर्तिका लागि माग गर्नुभएको छ ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै इस्लामले स्थानीय प्रहरी प्रशासनले पटक पटक मधेशी जनतामाथि गोली चलाउने कार्य नरोकेको खण्डमा कडा आन्दोलनमा ओर्लने चेतावनी समेत दिनुभयो ।
मोर्चाका सह सचिव सिकिन्दर रामको अध्यक्षतामा आयोजित सो बिरोध सभामा मोर्चाका केन्द्रिय उपाध्यक्ष झब्बर राम, मोर्चाका केन्द्रिय सदस्य सहमुद अली, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य बिनोद चौधरी, आन्दोलन परिचालन समितिका संयोजक छेदी लाल पासवान, दलित नेता सुरेन्द्र विश्वकर्मा, फोरम नेपालका क्षेत्रिय अध्यक्ष मो.अयुव राईन, मोर्चाका पुर्वान्चल संयोजक बलराम सदा, अधिबक्ता दुर्गानन्द चौधरी, दलित नेता रुन्दी लाल राम, तारानन्द राम लगायतका बक्ताहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ