News Category 2072/05/24
सरकारी दमनप्रति तमराको भत्र्सना
दैनिक संवाददाता
राजविराज, २३ भदौं ।
तराई मधेश राष्ट्रिय अभियानले बुधबार मधेसभर फेरी सरकारले दमनको श्रृंखला बढाएको प्रति घोर भत्सर्ना गरेको छ ।
तराई मधेश राष्ट्रिय अभियानका अध्यक्ष जय प्रकाश गुप्ताद्वारा जारी विज्ञप्तीमा बिशेषगरी बिराटनगरको रानी क्षेत्र, सप्तरीको भारदह, कंचनरुपनगरपालिकाको कंचनपुर, रुपनी जस्तापूर्वी क्षेत्रमा सरकारी सुरक्षा निकाय आक्रमक रुपमा प्रदर्शनकारी उपर जाईलागेको तथा सोही क्रममा पोर्ताहाका रामकिसुन राउतको नृशंशतापूर्वक हत्या गरिएको घटनाको घोर भत्सर्ना गरेको छ ।
हस्ताक्षरित विज्ञप्तीमा जिल्लाको कंचनपुर र बिराटनगरमा प्रहरीको गोलीबाट अनेकौ मानिस घाइते भएको जनाउदै यी घटनाहरु अत्यन्त निन्दनीय रहेको तथा सरकारबाट नियोजित रुपमा मधेशमा षडयन्त्र गरीरहेको जनाएको छ ।
साथै सरकारले मुलुकमा असमान्य अवस्था खडा गरेर बल पूर्वक संघीयता बिरोधी संविधान ल्याउन चाहेको आरोप लगाउदै यस्तो अवस्थामा ल्याइने संविधान कागजको खोष्टा बाहेक कुनै राजनीतिक मान्यता नपाउने जनाएको छ ।
तमरा अभियान तत्काल संविधानसभाका सबै प्रकृयाहरुलाई रोकेर मधेसका सवालहरुको समाधानमा पहल गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई अपील समेत गरिएको छ ।
साथै देशलाई यस गृहयुद्ध उन्मुख अवस्थाबाट जोगाउ आज अत्यन्त आवश्यक भएको तथ्य सबै जिम्मेवार निकायले आत्मसातगर्नु जरुरी रहेको जनाउदै यसरी नै व्यापक जनधनको क्षति र आन्दोलनको शक्तिलाई जोगाउन आन्दोलनकारीले पनि आन्दोलनलाई शांतिपूर्ण राख्नु उत्तिकै जरुरी रहेको बताउदै तमरा अभियान मृतक शहीद रामकिसुन राउत प्रति हार्दीक श्रद्धाञ्जली समेत विज्ञप्ती मार्फत ब्यक्त गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ