News Category 2072/05/25
काँग्रेस पार्टी कार्यालयमा तोडफोड पार्टीद्वारा घटनाप्रति आपत्ति
दैनिक संवाददाता
राजविराज, २४ भदौं ।
आन्दोलनकारीहरुद्धारा बिहिबार सप्तरीको राजविराज स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा तोडफोड र ढुङ्गामुढा गरेका छन् ।
प्रहरीको गोलीबाट मृत्यु भएका सप्तरीको पोर्ताहा गाविस १ का रामकृष्ण राउतको शवयात्रामा सहभागि आन्दोलनकारीहरुले काग्रेस जिल्ला पार्टी कार्यालयमा ढुङ्गामुढा गर्दै तोडफोड गरेका हुन ।
तोडफोडबाट काग्रेस पार्टी कार्यालयका मुल ढोकाका साथै प्लाष्टिकको कुर्सी लगायतका सामग्रीहरु क्षति भएको छ । कार्यालयमा तोडफोड भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यसैबीच नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीका सदस्य प्रभात कुमार ललनले एक विज्ञप्ति जारि गर्दै शव यात्राको क्रममा पार्टी कार्यालयमा तोडफोड गरिएको घटनाको भत्र्सना घोर आपत्ति प्रकट गर्नुभएको छ ।
जारि विज्ञप्तिमा तोडफोडले मधेशको समस्या समाधान नहुने भएकोले वार्ताकै माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दै नेपाली काँग्रेसका सम्पूर्ण मधेशी नेताहरुले एकमत भई मधेश समस्या प्रति गम्भिर रहेको जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ