News Category 2070/04/22
कमला नदीले बगाउ“दा आठको मृत्यु, तीन बेपत्ता
दैनिक संवाददाता
सिन्धुली, २१ साउन ।
कमला नदीले बगाएर आठ जना भक्तजनहरुको मृत्यु हुनाका साथै तीनजना बेपत्ता भएका छन् । सिन्धुलीको हत्पतेगाँउ–१ मा रहेको मधुगङ्गा महादेव मन्दिरमा दर्शनका लागि आएका आठजना भक्तजनहरुको मृत्यु भएको हो ।
सोमबार बिहान दर्शनका लागि हत्पते गाउँ विकास समितिको रतनपुर नजिकबाट कमला नदी तर्ने क्रममा नदीले बगाउँदा उनीहरूको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार मृत्यु हुनेमा अधिकांश भारतको सुरसाना र सर्लाही जिल्लाका भक्तजन रहेका छन् ।
नदीले बगाएकाको लास करिब एक मिटर तल फेला परेको जानकारी दिँदै स्थानीय बासिन्दा रेखराज दाहालले भन्नुभयो– “गएराति परेको अविरल वर्षापछि कमला नदीमा आएको बाढीमा सामूहिक रुपमा भक्तजनलाई कमला नदीले बगाएको हो । नदीले बगाएका अन्य १३ जनाको स्थानीयले जीवितै उद्धार गरेका थिए ।
मृतकमध्ये सर्लाही बलुवा सेखौना–२ का ४० वर्षीया रामपरिदेवी रामको मात्रै सनाखत भएको जानकारी दिँदै प्रहरीनायब उपरीक्षक नरेन्द्र उप्रेतीले हाले डकाहा इलाका प्रहरी कार्यालय, रानीवासमा रहेको नेपाली सेना, स्थानीय बासिन्दाले घटनास्थलमा लास तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । उहाँका अनुसार नदीले बगाउँदा अन्य तीनजना बेपत्ता रहेका छन् । बेपत्ता भएकाको खोजी तीव्र रुपमा भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/05 कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग
- 2082/03/05 विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
- 2082/03/04 सर्वदलिय बैठकबाट विभिन्न विकासीय योजनाहरु तत्कालै सम्पन्न गराउन निर्णय
- 2082/03/04 नगरपालिका कर्मचारीको आन्दोलन जारि
- 2082/03/04 ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
- 2082/03/04 थ्री फेज कृषि विद्युतिकरणको शुभारम्भ
- 2082/03/04 लापरवाही गर्ने ठेकेदारलाई कारवाही तथा निर्माण कार्यलाई गति प्रदान गर्न माग
- 2082/03/03 राजविराज नगरपालिकाका निलम्बित मेयर र योजना अधिकृतसहित दुई दर्जन विरुद्ध प्रहरीमा किटानी जाहेरी
- 2082/03/03 बालुवामुनी गाजा लुकाइराखेका घटनाका फरार प्रतिवादी पक्राउ
- 2082/03/03 अधुरा रहेका राजविराजस्थित दुई सडक योजना दश दिनभित्रै संचालन हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ