News Category 2070/04/22
कमला नदीले बगाउ“दा आठको मृत्यु, तीन बेपत्ता
दैनिक संवाददाता
सिन्धुली, २१ साउन ।
कमला नदीले बगाएर आठ जना भक्तजनहरुको मृत्यु हुनाका साथै तीनजना बेपत्ता भएका छन् । सिन्धुलीको हत्पतेगाँउ–१ मा रहेको मधुगङ्गा महादेव मन्दिरमा दर्शनका लागि आएका आठजना भक्तजनहरुको मृत्यु भएको हो ।
सोमबार बिहान दर्शनका लागि हत्पते गाउँ विकास समितिको रतनपुर नजिकबाट कमला नदी तर्ने क्रममा नदीले बगाउँदा उनीहरूको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।
स्थानीय बासिन्दाका अनुसार मृत्यु हुनेमा अधिकांश भारतको सुरसाना र सर्लाही जिल्लाका भक्तजन रहेका छन् ।
नदीले बगाएकाको लास करिब एक मिटर तल फेला परेको जानकारी दिँदै स्थानीय बासिन्दा रेखराज दाहालले भन्नुभयो– “गएराति परेको अविरल वर्षापछि कमला नदीमा आएको बाढीमा सामूहिक रुपमा भक्तजनलाई कमला नदीले बगाएको हो । नदीले बगाएका अन्य १३ जनाको स्थानीयले जीवितै उद्धार गरेका थिए ।
मृतकमध्ये सर्लाही बलुवा सेखौना–२ का ४० वर्षीया रामपरिदेवी रामको मात्रै सनाखत भएको जानकारी दिँदै प्रहरीनायब उपरीक्षक नरेन्द्र उप्रेतीले हाले डकाहा इलाका प्रहरी कार्यालय, रानीवासमा रहेको नेपाली सेना, स्थानीय बासिन्दाले घटनास्थलमा लास तथा बेपत्ताको खोजी कार्य भइरहेको छ । उहाँका अनुसार नदीले बगाउँदा अन्य तीनजना बेपत्ता रहेका छन् । बेपत्ता भएकाको खोजी तीव्र रुपमा भइरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ