News Category 2072/05/26
निषेधाज्ञाको अवज्ञा गर्दै मोटरसाइकल ¥याली
दैनिक संवाददाता
राजविराज, २५ भदौं ।
स्थानीय प्रशासनले पुर्वको कोशी ब्यारेजदेखि पश्चिममको बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरी नेपाली सेना परिचालन गरिएपनि शुक्रबार सोको अवज्ञा गर्दै प्रदर्शनकारीहरुले बृहत मोटरसाईकल ¥याली निकालेका छन् ।
मधेशी मोर्चाद्वारा करिब दुई सयको सहभागितामा पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको रुपनीबाट निकालिएको बृहत मोटरसाईकल ¥याली कठौना, कल्याणपुर, विसनपुर हुँदै खर्चुहियामा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, संघीय समाजवादी फोरम नेपालका बिनोद चौधरी, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेकपा (माओवादी) मधुसुदन यादव, युवा मंचका केन्द्रिय सदस्य जय नारायण यादव, संघिय समाजवादी फोरम नेपालका संजय यादव, विशाल यादव, रामेश्वर मण्डल, महेश ठाकुर लगायतका बक्ताहरुले वर्तमान सरकारले सेना परिचालन गरेर मधेश आन्दोलनलाई दवाउन प्रयास गरेपनि अब अधिकार प्राप्ति नभएसम्म आन्दोलन नरोकिने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ