News Category 2072/05/27
आन्दोलन कुनै जाति विशेषको नभएर शासक वर्गसँग अधिकार प्राप्तिको लडाई हो ः सद्भावना उपाध्यक्ष
राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले जारि मधेश आन्दोलन कुनै वर्ग वा जाति विशेषको नभएको भन्दै शासक वर्गसँग अधिकार प्राप्तिको लडाई भएको स्पष्ट पार्नु भएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा स्पष्ट पार्दै आन्दोलन गान्धिवादी नीति अनुरुप अहिंसात्मक समेत भएको दाबी गर्नुभयो ।
उहाँले अधिकार प्राप्तिको लडाईलाई वर्तमान सरकारले नै हिंसात्मक बनाएको आरोप समेत लगाउनु भयो । उहाँले आन्दोलनकै बलमा मधेशी जनताहरु अब अन्तिम क्षणसम्म आप्mनो अधिकारका लागि पछाडी नपर्ने स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष साहले वर्तमान सरकारले मधशी जनतामाथि गोली चलाई रहेका छन भने अर्को तिर वार्ताको नाटक गरेर अहिलेको मधेश आन्दोलनलाई भाड्ने षडयन्त्र गर्दै आएकाले पहिला मधेशबाट नेपाली सेना र कफर््यु नहटाएसम्म वार्तामा बस्नु कुनै औचित्य नरहने जिकिर गर्नुभयो ।
उहाँले माओवादीको सशस्त्र द्वन्द्वकालमा १८ हजारले शहादत प्राप्त गरेका थिए भने अहिलेको मधेश आन्दोलनमा ३६ हजारले पनि बलिदानी दिन पछाडी नपरी अधिकार सुनिश्चितता गराएर छाडने चेतावनी समेत दिनुभयो ।
उपाध्यक्षले विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने माग गर्दै चार दलले बहुमतको आधारमा संविधान जारी गर्न नसकिने बताउनुभयो । सम्झौतालाई कार्यान्वयन नगरी मधेशलाई सात भागमा बाँडिएकोले बाध्य भएर आन्दोलनमा जानु परेको उल्लेख गर्दै अन्य राजनीतिक दलमा रहेको मधेशी सभासद्हरुलाई पनि वर्तमान आन्दोलनमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले राज्यले मधेश र मधेशी जनतामाथि गर्दै आएको दमनकारी नीतिको घोर भत्र्सना गर्दै मधेशी जनतामाथि राज्यले छातीमा गोली हान्ने कार्य अविलम्ब बन्द नगरिए अबको आन्दोलन हिंसात्मक बन्न सकिने चेतावनी समेत दिनुभयो ।
मधेशी पत्रकार संघका शुभ नारायण यादवद्वारा संचालित सो पत्रकार सम्मेलनको अध्यक्षता संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादवले गर्नुभएको थियो ।
सो पत्रकार सम्मेलनमा सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय संयोजक किशोर कुमार यादव, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु यादव, मनोज यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ