News Category 2072/05/27
आन्दोलन कुनै जाति विशेषको नभएर शासक वर्गसँग अधिकार प्राप्तिको लडाई हो ः सद्भावना उपाध्यक्ष
राजविराज÷सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साहले जारि मधेश आन्दोलन कुनै वर्ग वा जाति विशेषको नभएको भन्दै शासक वर्गसँग अधिकार प्राप्तिको लडाई भएको स्पष्ट पार्नु भएको छ ।
मधेशी पत्रकार संघ सप्तरीद्वारा शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा स्पष्ट पार्दै आन्दोलन गान्धिवादी नीति अनुरुप अहिंसात्मक समेत भएको दाबी गर्नुभयो ।
उहाँले अधिकार प्राप्तिको लडाईलाई वर्तमान सरकारले नै हिंसात्मक बनाएको आरोप समेत लगाउनु भयो । उहाँले आन्दोलनकै बलमा मधेशी जनताहरु अब अन्तिम क्षणसम्म आप्mनो अधिकारका लागि पछाडी नपर्ने स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष साहले वर्तमान सरकारले मधशी जनतामाथि गोली चलाई रहेका छन भने अर्को तिर वार्ताको नाटक गरेर अहिलेको मधेश आन्दोलनलाई भाड्ने षडयन्त्र गर्दै आएकाले पहिला मधेशबाट नेपाली सेना र कफर््यु नहटाएसम्म वार्तामा बस्नु कुनै औचित्य नरहने जिकिर गर्नुभयो ।
उहाँले माओवादीको सशस्त्र द्वन्द्वकालमा १८ हजारले शहादत प्राप्त गरेका थिए भने अहिलेको मधेश आन्दोलनमा ३६ हजारले पनि बलिदानी दिन पछाडी नपरी अधिकार सुनिश्चितता गराएर छाडने चेतावनी समेत दिनुभयो ।
उपाध्यक्षले विगतमा गरिएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने माग गर्दै चार दलले बहुमतको आधारमा संविधान जारी गर्न नसकिने बताउनुभयो । सम्झौतालाई कार्यान्वयन नगरी मधेशलाई सात भागमा बाँडिएकोले बाध्य भएर आन्दोलनमा जानु परेको उल्लेख गर्दै अन्य राजनीतिक दलमा रहेको मधेशी सभासद्हरुलाई पनि वर्तमान आन्दोलनमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।
उहाँले राज्यले मधेश र मधेशी जनतामाथि गर्दै आएको दमनकारी नीतिको घोर भत्र्सना गर्दै मधेशी जनतामाथि राज्यले छातीमा गोली हान्ने कार्य अविलम्ब बन्द नगरिए अबको आन्दोलन हिंसात्मक बन्न सकिने चेतावनी समेत दिनुभयो ।
मधेशी पत्रकार संघका शुभ नारायण यादवद्वारा संचालित सो पत्रकार सम्मेलनको अध्यक्षता संघ सप्तरीका अध्यक्ष श्याम सुन्दर यादवले गर्नुभएको थियो ।
सो पत्रकार सम्मेलनमा सद्भावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, विद्यार्थी मंचका केन्द्रिय संयोजक किशोर कुमार यादव, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु यादव, मनोज यादव, रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ