News Category 2072/05/28
दंगाग्रस्त क्षेत्रको अवज्ञा गर्दा रुपनीमा झडप, पाँच पक्राउ
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी बजारमा आईतबार साँझ आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ भने प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ ।
रुपनीमा स्थानीय प्रशासनद्वारा लगाईएको दंगाग्रस्त क्षेत्रको अवज्ञा गरी प्रदर्शन गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो ।
प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले अवस्थालाई साम्य पार्न झण्डै एक दर्जन हवाई फायर र अश्रृ ग्यास प्रहार गरेको थियो ।
यसैबिच प्रहरीले स्दभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा लिंगका केन्द्रिय उपाध्यक्ष मुकेश कर्ण, सद्भावनाका जिल्ला सचिव हरेराम यादव, विद्यार्थी मञ्चका जिल्ला अध्यक्ष शम्भु यादव र नेकपा (माओवादी)का भगवती यादवलाई पक्राउ गरेको छ । यो समाचार तयार पार्दा सम्म रुपनीको अवस्था निकै तनावग्रस्त रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ