News Category 2072/05/28
सरकारले कदम नसच्याए मुलुक गृह युद्धमा ः फोरम उपाध्यक्ष रेणु यादव
दैनिक संवाददाता
राजविराज, २७ भदौं ।
संघिय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु कुमारी यादवले सरकारले आप्mनो कदम नसच्याए मुलुक गृह युद्धमा फस्ने चेतावनी दिनुभएको छ ।
छिन्नमस्ता लालापटी आन्दोलन परिचालन समितिको आयोजनामा आईतबार सप्तरीको सखडामा आयोजित बिरोध सभालाई सम्बोधन गनुहुँदै उहाँले सो चेतावनी दिनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशको नुन खाएर जिविकोपार्जन गर्ने सैनिकले शासक वर्गको निर्देशनमा जसरी मधेशी आम नागरिकमाथि आन्दोलनमा गोली चलाउँदै छ त्यसले देशलाई गृह युद्धमा धकिल्ने कार्य गर्दै आएको आरोप लगाउनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा समाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य विद्यानन्द चौधरीले तीन ठुला दलका नेताहरुले गैर जिम्मेवारी पुर्ण तरीकाले हचुवाको तालमा अघि बढिरहने हो भने मधेश माथि विभेदले मुलुकमा विद्रोह भई बिखण्डन हुने निश्चित रहेको बताउनुभयो ।
छिन्नमस्ता लालापटी आन्दोलन परिचालन समितिका सहसंयोजक वैजनाथ यादव वैजुको अध्यक्षतामा आयोजित सो बिरोध सभामा संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय अध्यक्ष अशोक यादव, विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेकपा माओवादीका जय प्रकाश यादव, तमलोपाका कावा अध्यक्ष सुरेन्द्र नारायण मण्डल, संजय झा, सुजित चौधरी लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ