News Category 2072/05/29
काँग्रेस सप्तरीद्वारा घटनाको बिरोध गर्दै दोषिलाई कारवाही गर्न माग
दैनिक संवाददाता
राजविराज, २८ भदौ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले जारि मधेश आन्दोलनका क्रममा आइतबार साँझ जिल्ला पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनी घटनाको बिरोध तथा भत्र्सना गरेको छ ।
पार्टीका जिल्ला सचिव शत्रुहन प्रसाद यादवद्वारा सोमबार जारि विज्ञप्तिमा लोकतन्त्रमा सबैलाई आफ्नो कुरा र माग राख्न नैसङिर्गक अधिकार रहेकोले कसैको आवाजलाई दबाउन कसैलाई सिद्धान्तबाट विचलित गराउन, नगराउन, धम्काउन र पार्टी कार्यालय पटक पटक तोडफोड र आगजनी गरि अति गर्नु गैर लोकतान्त्रिक र गैर जिम्मेवारी राजनैतिक चरित्र भएको ठहर गरिएको छ ।
सोही विज्ञप्तिमा मधेशको जायज मागप्रति पार्टी गम्भिर र चिन्तित रहेको जनाउँदै मधेशको सो माग पुरा गराउन आफ्नो माथिल्लो निकायबाट निरन्तर रुपमा सम्वाद चलिरहेको उल्लेख गर्दै पार्टी कार्यालयमा तोडफोड गरि आगजनी गरेको घटनाको छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेको छ ।
साथै विज्ञप्तिमा भनिएको छ, “हाम्रो संयमतालाई कमजोरी न ठान्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै अब उपरान्त यस्ता क्रियाकलापहरु अविलम्ब बन्द गरि लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सम्बन्धित पक्षसँग माग गर्दछौं, अन्यथा सो को बिरुद्ध हामी आन्दोलित हुन बाध्य हुनेछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ