News Category 2072/05/29
काँग्रेस सप्तरीद्वारा घटनाको बिरोध गर्दै दोषिलाई कारवाही गर्न माग
दैनिक संवाददाता
राजविराज, २८ भदौ ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीले जारि मधेश आन्दोलनका क्रममा आइतबार साँझ जिल्ला पार्टी कार्यालयमा गरिएको तोडफोड तथा आगजनी घटनाको बिरोध तथा भत्र्सना गरेको छ ।
पार्टीका जिल्ला सचिव शत्रुहन प्रसाद यादवद्वारा सोमबार जारि विज्ञप्तिमा लोकतन्त्रमा सबैलाई आफ्नो कुरा र माग राख्न नैसङिर्गक अधिकार रहेकोले कसैको आवाजलाई दबाउन कसैलाई सिद्धान्तबाट विचलित गराउन, नगराउन, धम्काउन र पार्टी कार्यालय पटक पटक तोडफोड र आगजनी गरि अति गर्नु गैर लोकतान्त्रिक र गैर जिम्मेवारी राजनैतिक चरित्र भएको ठहर गरिएको छ ।
सोही विज्ञप्तिमा मधेशको जायज मागप्रति पार्टी गम्भिर र चिन्तित रहेको जनाउँदै मधेशको सो माग पुरा गराउन आफ्नो माथिल्लो निकायबाट निरन्तर रुपमा सम्वाद चलिरहेको उल्लेख गर्दै पार्टी कार्यालयमा तोडफोड गरि आगजनी गरेको घटनाको छानबिन गरि दोषिमाथी कारवाही गर्न माग गरेको छ ।
साथै विज्ञप्तिमा भनिएको छ, “हाम्रो संयमतालाई कमजोरी न ठान्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै अब उपरान्त यस्ता क्रियाकलापहरु अविलम्ब बन्द गरि लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न सम्बन्धित पक्षसँग माग गर्दछौं, अन्यथा सो को बिरुद्ध हामी आन्दोलित हुन बाध्य हुनेछौं ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ