News Category 2070/04/23
यथास्थितिमा निर्वाचन भए संबिधान बन्दैन् ः अध्यक्ष पासवान
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले यथास्थितिमा निर्वाचन भए पुनः संबिधान नबन्ने दाबी गर्नु भएको छ ।
दलित जनजाती पार्टी सप्तरीले मंगलबार विहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष पासवानले सो कुरा बताउनुभएको हो ।
यथास्थितिमा मंसीर ४ गते निर्वाचन भए पुनः संबिधान निर्माण नहुने ठोकुवा गर्दै अध्यक्ष पासवानले नेताहरु बिदेशीको चाकरीबाज र स्वार्थी भएकाले उनीहरु संबिधान बनाउनै नचाहिरहेका बताउनुभयो ।
चार दलको संयन्त्रले पुराना मानसिकता नत्यागेसम्म नेपालीको भावना अनुसार संविधान नबन्ने जिकिर गर्नुभयो ।
४ सय ९१ अथवा ६ सय १ संख्याको संबिधानसभा निर्वाचन भए त्यसले मुलुकलाई निकास नभई मुलुक बिखण्डन हुने चेतावनी समेत दिनुभयो । उहाँले संबिधानसभामा संबिधान निर्माणको बहस शुरु हुने बितिकै मुलुक टुक्र गर्ने अभियानको थालनी हुने उहाँको धारणा रहेको छ ।
अघिल्लो संबिधानसभामा प्रतिनिधीत्व गरेका सभासद् र दलका नेताहरुलाई अबको निर्वाचनमा भाग लिने कुनै नैतिक आधार नभएको टिप्पणी गर्नुहुँदै अध्यक्ष पासवानले संबिधानसभाबाटै संबिधान बनाउन एक रुपैयाँ पनि खर्च नगर्ने बिद्धानहरुलाई संबिधानसभामा प्रतिनिधीत्व गराउनुपर्ने बताउनुभयो ।
मुलुकमा राजतन्को अन्त्य भएपनि पुनः त्यसलाई ब्युझाने षडयन्त्र सुरु भइसकेको उहाँले बताउनुभयो ।
निर्वाचन बहिष्कारको पक्षमा आफ्नो पार्टी नरहेको बताउनुहुँदै उहाँले निर्वाचनलाई लक्षित गरी पार्टीले भदौ १५ गतेपछि अभियान शुरु गर्ने उल्लेख गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ