News Category 2072/05/30
काँग्रेस सभासद् कर्णको घरमा पनि कालो झण्डा
दैनिक संवाददाता
राजविराज, २९ भदौं ।
संयुक्त मधेशी महिला मोर्चा सप्तरीले नेपाली काँग्रेसका सभासद रंजीत कर्णको राजविराज ४ स्थित घरमा मंगलबार साँझ कालो झण्डा गाडेका छन् ।
महिला मोर्चाका नेतृहरुको समुहले राजविराज ४ स्थित सभासद कर्णको घरमा कालो झण्डा गाडेका हुन् ।
मधेश विरोधी संविधान निर्माणको पक्षमा रहेका कारण सभासद कर्णको घरमा कालो झण्डा गाडिएको मधेशी महिला मोर्चाका संयोजक पुनम यादवले बताइन् ।
मोर्चाका संयोजक यादवको नेतृत्वमा साधना झा, रिता शर्मा यादव, उपमा देव, सुनिता साह, रमिला साह, उषा मण्डल, सावित्री पण्डित, मालती मण्डल, निर्मला कर्णसहितकाले कालो झण्डा गाडेकी थिइन् ।
यसअघि शुक्रबार र शनिबार राजविराज ८ स्थित नेकपा एमालेकी सभासद रंजु ठाकुर, एमाओवादीका सभासद उमेश यादव, नेपाली काग्रेसका सभासद सकलदेव सुतिहार, नेकपा संयुक्तकी सभासद मिथिला चौधरी र राजविराज ५ स्थित नेपाली काग्रेसका सभासद सुरेन्द्र प्रसाद यादवको घरमा कालो झण्डा गाडेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ