News Category 2072/06/01
तमरा पनि मधेशी मोर्चामा सहभागि
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
मधेशी मोर्चाको आन्दोलनप्रति तराई मधेश राष्ट्रिय अभियानले एक्यवद्धता जनाउँदै जारी आन्दोलनमा सरिक भएको जनाएको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा बिहिबार जारी विज्ञप्तीमा मोर्चाले अघि सारेका मागहरु वेवस्ता गर्दै वर्तमान शासकवर्ग बहुमत र बन्दुकको बलमा मधेश विरोधी संविधान ल्याउन लागेको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
मधेश र मधेशीको हक अधिकार स्थापित गराउन तथा आन्दोलनलाई निर्णायक आन्दोलनमा पुयाउनका लागि विभिन्न कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।
आन्दोलनका कार्यक्रम अन्तर्गत असोज २ गते शनिबार सप्तरीको सदरमुकाम राजविराजमा मशाल जुलुस जुलुस प्रदर्शन, ३ गते आईतबार कालो दिनको रुपमा मनाउने जसअन्तर्गत यहाँका प्रत्येक सार्वजनिक स्थलमा कालो झण्डा गाड्ने, हातमा कालो पटी बाँधेर विरोध जनाउने, ४ गते सोमबार “चलु राजविराज भरु राजविराज मधेश विरोधी संविधानको करु अस्वीकार” भन्ने मुल नाराका साथ सदरमुकाम राजविराजमा बृहत जुलुस प्रदर्शनगरी मधेश विरोधी संविधान जलाउने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ