News Category 2072/06/01
दंगाग्रस्त क्षेत्र बेलुका ६ देखी बिहान ७ बजेसम्म
दैनिक संवाददाता
राजविराज, ३१ भदौं ।
आन्दोलन हिंसात्मक गएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले पूर्वमा कोशी ब्यारेजदेखी पश्चिममा बलान नदीसम्म दंगाग्रस्त क्षेत्र घोषणा बिहीबारदेखी स्थानिय प्रशासनले केही घण्टा फिर्ता लिएको छ ।
सप्तरीको कल्याणपुरमा बिहीबार संयुक्त जनआन्दोलन संघर्ष समितिले दंगाग्रस्त क्षेत्र तोड्नका लागि आयोजना गर्न लागेको बिरोध सभाकै समयमा दिनको १ बजे स्थानिय प्रशासनले बिहान ७ बजेदेखी बेलुका ६ बजेसम्म दंगाग्रस्त क्षेत्र हटाएको जानकारी दिएको थियो ।
स्थानिय प्रशासनले बेलुका ६ बजेदेखी बिहान ७ बजेसम्म सो क्षेत्रलाई मात्र दंगाग्रस्त क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकार बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्मको पुर्व पश्चिम लोकमार्ग, कदमाहादेखि पन्ध्र कठठे सडक खण्ड र उक्त सडक खण्डको दायाँ ५ सय मिटर र बायाँ ५ सय मिटरसम्मको सम्पुर्ण क्षेत्रलाई स्थानीय प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गरेको जनाएको छ ।
तोकिएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न अथवा पोष्टर वा पर्चा जस्ता सामग्री टाँस्न वा लेख्न, सडक अवरुद्ध गर्न तथा तोकिएको दंगाग्रस्त क्षेत्रमा ५ वा सो भन्दा बढी ब्यक्तिहरु जम्मा हुन निषेध गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ