News Category 2070/04/23
छुट्टाछुट्टै दुर्घटनामा ट्रक चालकको मृत्यु, दुई घाईते
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
सप्तरीको कुशाहा गाविसस्थित पुर्व पश्चिम राजमार्गमा सोमवार राती दुईवटा मालबाहक ट्रक एक आपसमा जुध्दा एक जना चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.३ ख ६४१४ नम्बरको सिमेन्ट बोकेको ट्रक र बिपरीत दिसाबाट आउँदै गरेको ना. ४ ख. ३३६५ नम्बरको सिमेन्टै बोकेको अर्काे ट्रक सोमबारराती करिब १२ बजेतिर एक आपसमा ठोकिदाँ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नाम ठेगाना खुल्न नसकेका ना.३ ख ६४१४ नम्बरको ट्रकको चालकको मृत्यु भएको छ भने अर्काे ट्रकका चालक फरार रहेको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ
मृतकको शब पोष्टमार्टमका लागि लहानस्थित अस्पताल पठाईएको प्रहरी निरीक्षक चौरसियाले बताउनुभयो ।
यसैगरी राजविराज–रुपनी सडक खण्ड अन्तर्गत राजविराज–५ स्थित सडकमा मंगलवार भएको मोटरसाईकल दुर्घटनामा दुई जना घाईते भएका छन् ।
रुपनीबाट राजविराज तर्फ आउँदै गरेको स.१ प. ५१५४ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदलयात्री सप्तरीको शम्भुनाथ गाविस–६ निवासी ६५ बर्षीय खुसीलाल चौधरी र मोटरसाईकल चालक राजविराज नगरपालिका ९ निवासी रबिन्द्र कुमार यादव घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये चौधरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।
यादवको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ