News Category 2070/04/23
छुट्टाछुट्टै दुर्घटनामा ट्रक चालकको मृत्यु, दुई घाईते
दैनिक संवाददाता
राजविराज, २२ साउन ।
सप्तरीको कुशाहा गाविसस्थित पुर्व पश्चिम राजमार्गमा सोमवार राती दुईवटा मालबाहक ट्रक एक आपसमा जुध्दा एक जना चालकको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.३ ख ६४१४ नम्बरको सिमेन्ट बोकेको ट्रक र बिपरीत दिसाबाट आउँदै गरेको ना. ४ ख. ३३६५ नम्बरको सिमेन्टै बोकेको अर्काे ट्रक सोमबारराती करिब १२ बजेतिर एक आपसमा ठोकिदाँ सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नाम ठेगाना खुल्न नसकेका ना.३ ख ६४१४ नम्बरको ट्रकको चालकको मृत्यु भएको छ भने अर्काे ट्रकका चालक फरार रहेको इलाका प्रहरी कार्यालय कड्रबोनाले जनाएको छ
मृतकको शब पोष्टमार्टमका लागि लहानस्थित अस्पताल पठाईएको प्रहरी निरीक्षक चौरसियाले बताउनुभयो ।
यसैगरी राजविराज–रुपनी सडक खण्ड अन्तर्गत राजविराज–५ स्थित सडकमा मंगलवार भएको मोटरसाईकल दुर्घटनामा दुई जना घाईते भएका छन् ।
रुपनीबाट राजविराज तर्फ आउँदै गरेको स.१ प. ५१५४ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदलयात्री सप्तरीको शम्भुनाथ गाविस–६ निवासी ६५ बर्षीय खुसीलाल चौधरी र मोटरसाईकल चालक राजविराज नगरपालिका ९ निवासी रबिन्द्र कुमार यादव घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये चौधरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।
यादवको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ