News Category 2072/06/03
पत्रकारहरुले आज मौन जुुलुस निकाल्ने
राजविराज÷मधेशी पत्रकार संघ सप्तरीको संयोजनमा शनिबार राजविराजमा सम्पन्न बृहत छलफलले जारी हुन लागेको संविधान, मधेश आन्दोलन र मधेशी पत्रकारहरुको भूमिका लगायतका विषयहरुमा सञ्चारसम्वद्ध संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु, दैनिक पत्रिकाका सम्पादक÷प्रकाशक, एफएमका स्टेशन म्यानेजर, वरिष्ठ पत्रकारहरु समेतको सहभागितामा बृहत छलफल गरेको छ ।
संघका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा सम्पन्न बृहत छलफलबाट जारी हुन लागेको ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता गर’ भन्ने नारा लेखिएको कालो ब्यानरका साथ असोज ३ गते विहान ८ बजे राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट मौन जुलुस प्रदर्शन गर्ने तथा हातमा कालो पट्टी बाँधेर काम गर्ने निर्णय गरेको छ ।
यस्तै दैनिक तथा साप्ताहिक पत्रिकाहरुमा असोज ३ र ४ गते सम्पादकीय स्तम्भमा कालो पोतेर प्रकाशन गर्ने, स्थानीय एफएमहरुले असोज ३ र ४ गते साँझ ७ बजेदेखि ७.१५ बजेसम्म १५ मिनेट शोक धुन बजाउने । साथै शोकधुन बजाउनु अघि ‘स्वायत मधेश प्रदेशसहितको आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ भनेर शोकधुन बजाउने निर्णय गरेको छ ।
यस्तै गत भदौ २३ गते प्रहरीको गोली लागि शहादत प्राप्त गरेका राजविराज टुडे दैनिकका व्यवस्थापक समेत रहेका पत्रकार धर्मपाल राउतका आदरणीय दाजु रामकृष्ण राउतसहित मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोक प्रस्ताव समेत सर्वसम्मत पारित गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ