News Category 2072/06/06
उद्योग बाणिज्य संघ सप्तरीद्वारा माग सम्बोधन गर्न सरकारलाई आग्रह
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
मधेशमा विगत ३९ दिनदेखि चलिरहेको ऐतिहासिक आन्दोलनलाई राज्य पक्षबाट हालसम्म कुनै वास्ता नगरी गैरजिम्मेवारीपुर्ण चरित्र प्रति सप्तरी उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
संघका महासचिव अनन्त लाल साहद्वारा मंगलबार जारी विज्ञप्तीमा आन्दोलनका मागहरुलाई वेवास्ता गरी जारी गरिएको गणतान्त्रिक नेपालको संविधान २०७२ मा आन्दोलनका जायज मागहरु सम्बोधन नभएको हुँदा आन्दोलन जारी नै रहने अवस्था आएको जनाउँदै राज्य पक्षले आन्दोलनको जायज माँगलाई यशाशाक्य छिटो वार्ताको माध्यमबाट सम्बोधन गरी नागरिकको शान्ति सुरक्षाको प्रत्याभुति दिई धाराशायी हुने अवस्थामा रहेको उद्योग व्यवसायीलाई संरक्षण गर्नेतर्फ आवश्यक पहल हुन अति नै आवश्यक भएको जनाउँदै सम्बन्धित पक्षहरु बफादार भई जनतालाई आवश्यक निकाश दिन विज्ञप्ती मार्फत माँग गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा नेपालको दोश्रो संविधान सभाद्वारा सार्वजनिक गरिएको संविधानको प्रथम मस्यौदाप्रति असन्तुष्टि जनाई तराई मधेश लगायत अधिकांश स्थानमा विगत ३९ दिनदेखि अनवर रुपमा संचालित बन्द हडतालले गर्दा तराई मधेश क्षेत्र भित्रका उद्योग व्यापार पुर्ण रुपमा धाराशायी हुनुको साथै बित्तिय क्षेत्र र नेपाल सरकारको सम्पुर्ण निकाय समेत बन्दले गर्दा यस क्षेत्रका नागरिक समेतलाई अत्यन्तै कष्टकर जीवन यापन गर्न बाध्य भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ