News Category 2072/06/06
सप्तरीमा तीन संसदको पुत्ला दहन
दैनिक संवाददाता
राजविराज, ५ असोज ।
सप्तरीको वभनगामा कट्टी गाविसमा मंगलबार तीन जना ब्यवस्थापिक संसदका सदस्यहरुको पुत्ला दहन भएको छ ।
स्थानीय आन्दोलनकारीहरुको अगुवाईमा सप्तरी क्षेत्र नम्बर २ का संसदहरु एमाओवादीका अशोककुमार मण्डल, नेपाली काूग्रेसका रञ्जित कर्ण र राप्रपा नेपालका गंगाप्रसाद यादवको पुत्ला प्रदर्शन गर्दै दहन गरेका हुन ।
आन्दोलनरत मधेसी मोर्चाको आन्दोलन गाउू–गाउूमा हुन थालेपछि मंगलबार उनीहरुको पुतला प्रदर्शन गर्दै दहन गरेका हुन् ।
राजविराज–भारदह सडक अन्तर्गत पर्ने उक्त वभनगामा कट्टी गाविसको मन्सापुर सडक खण्डमा प्रदर्शनपछि संयुक्त रुपमा तीनै जना संसदको पुत्ला दहन गरियो । स्थानीय मधेसी मोर्चा सम्बद्ध गाउू स्तरीय कार्यकर्ताहरुले तीनै जना संसदलाई उक्त गाविसमा प्रवेशमा समेत रोक लगाउने निर्णय भएको स्थानीय मधेसी नेता लालु यादवले बताउनुभयो ।
यस्तै लगातार ३९ दिनदेखिको बन्दको कारण सप्तरीको जनजीवन तहसनहस बनेको छ । जिल्लाका शैक्षिक संस्था लगातार ठप्प रहूदा यहाूका लाखौं बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित भईरहेका छन् । राजविराजका सरकारी कार्यालय र बजार ब्यवसाय मंगलबार पनि ठप्प नै छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ