News Category 2070/04/24
घोषित मितिमै निर्वाचन हुनेमा शंका नगर्न गच्छदारको आग्रह
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले घोषित मितिमै निर्वाचन हुने भएकाले त्यसमा शंका नगर्न आग्रह गर्नुभएको छ ।
फोरम लोकतान्त्रिक सप्तरी क्षेत्र १ द्वारा सप्तरीको प्रसवनी माविको प्रागंणमा बुधवार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गच्छदारले मंसीर ४ गतेको घोषित निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभयो ।
मुलुकको वर्तमान राजनीतिक अन्यौलता छिटै समाधान हुने बिश्वास ब्यक्त गर्नुहुँदै गच्छदारले भन्नुभयो– ‘‘निर्वाचन विपक्षमा रहेका दलहरुसँग नियमित वार्ता र सम्बाद जारी रहेकाले छिटै मुलुकले जारी अन्यौलताबाट मुक्त हुन्छ ।”
निर्वाचनको बिपक्षमा रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका असन्तुष्ट दलहरुलाई समेत निर्वाचनमा ल्याउने प्रयास भईरहेकाले उहाँहरू पनि निर्वाचनमा सहभागि हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
निर्वाचनको बिकल्प नरहेकोले त्यसबाट कुनै पनि दल पन्छिन नहुने उल्लेख गर्नुहुँदै उहाँले अबको निर्वाचनमा आफ्नो पार्टी मुलुककै तेश्रो ठूलो दल बन्ने दाबी समेत गर्नुभयो ।
सो अवसरमा फोरम लोकतान्त्रिकको महासचिव जितेन्द्र नारायण देवले मधेशी जनताको अधिकारको लागि फोरम लोकतानित्रकले मात्र आवाज उठाउने भएकाले आफ्नो दललाई मतदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी फोरम लोकतान्त्रिकमा प्रबेश गरेका नेता कार्यकर्ताहरुलाई अबिर लगाएर अध्यक्ष गच्छदारले स्वागत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ