News Category 2072/06/07
२०७२ असोज ५ र ६ गते राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले गरेका निर्णयहरु
२०७२ असोज ५ र ६ गते राजविराजमा सम्पन्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले गरेका निर्णयहरु
१. जारी रहेको आन्दोलनलाई अझ बढी प्रभावकारी र सशक्त पार्दै निरन्तर जारी राख्ने ।
२. शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निरन्तरता दिने क्रममा गाउँ, नगर र जिल्लास्थित सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु, भन्सार नाका आदी बन्द गराउने र राजमार्ग केन्द्रीत आन्दोलनलाई प्रभावकारी ढंगले परिचालन गर्ने ।
३. मेची महाकाली (हुलाकी लोकमार्ग) मा मानव श्रंखला निर्माण गरी हातेमालो कार्यक्रम गर्ने ।
४. सरकारले निहत्था जनतालाई टाउको र छातीमा गोली हानी हत्या गरी मानव अधिकारको हनन गर्नुका साथै मानवताविरोधी अपराध तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने अपराध गरेको हुँदा सो सम्बन्धमा सर्वोच्च अदालत र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा दायर गर्ने ।
५. मोर्चा मुस्लिम समुदायको महान चाँड कुर्बानी ईद (ईदुल–अजहा) को उपलक्ष्यमा वहाँहरुको शान्ति र समृद्धिको शुभकामना ब्यक्त गर्दछ ।
६. मोर्चा र थरुहट÷थारुवान संघर्ष समिति एवम् मुस्लिम संघर्ष समिति लगायतसँग भईरहेको सहकार्यलाई अगाडि बढाउँदै यसका अतिरिक्त मोर्चासँग समान मुद्दा भएका दल, संगठन र संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्नकालागि मोर्चाको चार सदस्यीय सचिवालयका सदस्यहरु क्रमशः श्री राजेन्द्र प्रसाद श्रेष्ठ,श्री गोविन्द चौधरी,श्री मनिश कुमार सुमन र श्री राम नरेश राय यादव लाई जिम्मेवारी दिइएको छ ।
७. २०७२ असोज ५ गते सुनसरीको इनरुवामा केही ब्यक्तिहरुले मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डा जलाउने कार्य गरेको हुँदा सो कार्यको मोर्चा घोर भत्र्सना एवम् निन्दा गर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ