News Category 2072/06/11
मधेशी थारुको माग सम्बोधन नभए छुट्टै मुलुकको माग समेत उठ्न सक्ने लेखीको चेतावनी
दैनिक संवाददाता
राजविराज, १० असोज ।
आदिवासी जनजाती महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले मधेशी थारुहरुको मागलाई अहिले पनि सरकारले सुनुवाई गरेन भने भोलीका दिनमा उनीहरुको माग विष्फोटन भई मुलुक ठूलो दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको बताउनु भएको छ ।
संयुक्त जनआन्दोलन संघर्ष समिति सप्तरीको आयोजनामा जिल्लाको सीतापुरमा आइतबार विशाल बिरोध सभालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लेखीले समयमै तीन दल थारु मधेशीको मागप्रति गम्भिर भएन भने अबको दिनमा थारु मेधशीबाट छुट्टै मुलुकको माग समेत उठ्न सक्ने चेतावनी दिनुभयो ।
थारु मधेशीले स्वायत्त थरुहट मधेश प्रदेशको माग गर्दै सिमांकन सच्याउन माग गरिरहेको बेला सरकार अझ पनि गम्भिर नभएको आरोप लगाउदै मधेशी थारुको अबको दिनमा आउन सक्ने मागप्रति राज्य सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले थरुहट मधेश प्रदेश गरि दुई प्रदेशले थारुहरुलाई अधिकार दिन्छ भने त्यसमा सहमति हुन सक्ने बताउँदै यदीे त्यसमा पनि सरकारले सुनुवाई गर्न सकेन भने थारु मधेशीबाट अझ चर्को माग उठेर मुलुकलाई दुर्घटना तर्फ लैजान सक्ने चेतावनी दिनुभयो ।
उहाँले मधेशी मोर्चाले थरुहट भूमिको र थारुहरुले मधेशीको अस्तित्व स्वीकर गरिसकेकोले झापादेखी कैलाली कंचनपुरसम्म तराईका भू–भागमा पहाड हिमालको कुनै पनि भू–भाग नमिलाएर मधेश थरुहट प्रदेश बनाए पनि मधेशी मोर्चा र थरुहटबीच कुनै विवाद नभएको स्पष्ट पार्नुभयो ।
सो सभामा नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले समग्र मधेश थरुहट प्रदेशको माग गर्दै आन्दोलनरत सम्पूर्ण दलहरुबीच कार्यगत एकता हुनु आवश्यक रहेकोमा जोड दिनुभयो ।
थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष अरुण चौधरीको अध्यक्षतामा आयोजित बिरोध सभासद् लक्ष्मी चौधरी, सभामा सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष नवलकिशोर साह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य गिता चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सूर्यनाथ यादव, तमलोपाका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर, नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश यादव, सद्भावनाका केन्द्रिय सदस्य दिनेश यादव, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्यनारायण यादव, दलित मोर्चाका बलराम चौधरी, आदिवासी जनजाती महासंघ सुनसरीका उपाध्यक्ष तेज नारायण चौधरी, मो. उस्मान मियाँ, आम मूल निवासी मुक्ति मोर्चाका उपाध्यक्ष झबर राम, कृष्णा कुमारी तामाङ लगायतले बोल्नु भएको थियो ।
सो बिरोध सभामा पंसेरा, शम्भुनाथ, फत्तेपुर, कल्याणपुर, कंचनपुर, सितापुर, जण्डौल लगायतका गाविसहरुबाट हजारौंको संख्यामा जनसागरको उपस्थिति रहेको थियो । सो सभामा ती गाविसहरुबाट नारासहित जुलस समेत आएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ