News Category 2072/06/11
स्कटिङ गरेर जाँदै गरेको सवारीसाधनमा ढुंगामुढा तीन यात्रु गम्भिर घाइते, तीन पक्राउ
दैनिक संवाददाता
राजविराज, १० असोज ।
प्रहरीको स्कटिङमा जाँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको करिब पाँच दर्जन सवारीसाधनहरुमा सप्तरीको भारदहमा आन्दोलनकारीले आइतबार बिहान ढुंगामुढा गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह १ स्थित कोशी ब्यारेजदेखी कंचनपुरसम्मको १५ किलोमिटरको सडक खण्डमा सवारीसाधनहरुको झ्यालका सिसाहरु फुटेर छरिएको छ ।
त्यस्तै प्रहरीले सुरक्षा दिई लग्दै गरेको सवारी साधनमाथि प्रदर्शकारीले ढुङ्गामुढा गर्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक झापाको काँकडभिट्टा ९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौकचन र सप्तकोसी ब्यारेजबाट सप्तरीको बलुवा कमोर लिएर बोलबम जाँदै गरेको सप्तरी गहरिया प्रवाहा १ का गौतमकुमार यादव रहेका छन् ।
घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको र उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ढुंगा प्रहार गर्ने तीन जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबीच तीनै जना आन्दोलनकारीहरुलाई अधिकारकर्मी शम्भुनन्द चौधरीको रोहबरमा आइतबार साँझ प्रहरीले रिहा गरेको छ ।
विगत ४४ दिनदेखी मधेश बन्दका कारण यहाँको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । मधेशी मोर्चाले आन्दोलनलाई राजमार्ग र नाका केन्द्रित बनाएपछि आन्दोलनकारीहरु अहिले राजमार्गमा स्कटिङ गरेर लैजाने सवारीसाधनहरुमाथी ढुंगामुढा गर्न थालेका छन् भने सप्तरीमा रहेको सात वटा नाकाहरु शनिबारदेखी आन्दोलनकारीले ठप्प समेत पारेका छन् । सप्तरीको सात वटै नाकाहरुबाट दिनहु करिब २ लाख राजश्व संकलन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ