News Category 2072/06/11
स्कटिङ गरेर जाँदै गरेको सवारीसाधनमा ढुंगामुढा तीन यात्रु गम्भिर घाइते, तीन पक्राउ
दैनिक संवाददाता
राजविराज, १० असोज ।
प्रहरीको स्कटिङमा जाँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको करिब पाँच दर्जन सवारीसाधनहरुमा सप्तरीको भारदहमा आन्दोलनकारीले आइतबार बिहान ढुंगामुढा गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको भारदह १ स्थित कोशी ब्यारेजदेखी कंचनपुरसम्मको १५ किलोमिटरको सडक खण्डमा सवारीसाधनहरुको झ्यालका सिसाहरु फुटेर छरिएको छ ।
त्यस्तै प्रहरीले सुरक्षा दिई लग्दै गरेको सवारी साधनमाथि प्रदर्शकारीले ढुङ्गामुढा गर्दा तीनजना घाइते भएका छन् । घाइते हुनेमा ट्रकका चालक झापाको काँकडभिट्टा ९ बस्ने ३६ वर्षीय पदमबहादुर राई, मकवानपुरका २५ वर्षीय रामकुमार लौकचन र सप्तकोसी ब्यारेजबाट सप्तरीको बलुवा कमोर लिएर बोलबम जाँदै गरेको सप्तरी गहरिया प्रवाहा १ का गौतमकुमार यादव रहेका छन् ।
घाइतेको टाउको र छातीमा गम्भीर चोट लागेको र उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यता ढुंगा प्रहार गर्ने तीन जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैबीच तीनै जना आन्दोलनकारीहरुलाई अधिकारकर्मी शम्भुनन्द चौधरीको रोहबरमा आइतबार साँझ प्रहरीले रिहा गरेको छ ।
विगत ४४ दिनदेखी मधेश बन्दका कारण यहाँको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ । मधेशी मोर्चाले आन्दोलनलाई राजमार्ग र नाका केन्द्रित बनाएपछि आन्दोलनकारीहरु अहिले राजमार्गमा स्कटिङ गरेर लैजाने सवारीसाधनहरुमाथी ढुंगामुढा गर्न थालेका छन् भने सप्तरीमा रहेको सात वटा नाकाहरु शनिबारदेखी आन्दोलनकारीले ठप्प समेत पारेका छन् । सप्तरीको सात वटै नाकाहरुबाट दिनहु करिब २ लाख राजश्व संकलन हुँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ