News Category 2072/06/12
उपराष्ट्रपति झाद्वारा मधेश आन्दोलनलाई समर्थन
दैनिक संवाददाता
राजविराज, ११ असोज ।
उपराष्ट्रपति परमानन्द झाले तराई मधेसमा भइरहेको आन्दोलनको समर्थन गर्नुभएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति झाले तराई मधेसका जनतामाथि राज्यले विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाउनु भएको छ ।
उहाँले दलहरुले बहुमतको नाममा सीमांनकृत समुदायसँग विगतमा भएका सहमति र सम्झौता र अन्तरिम संविधानलाई वेवास्ता गरिएको बताउनु भएको ।
सहमति र सम्झौता कार्यान्वयन नभएकाले तराई मधेसमा आन्दोलन भइरहेको भन्दै उहाँले आन्दोलनलाई सम्बोधन गर्न सरकारले उचित कदम नचालेको समेत जनाउनु भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुदूरपश्चिम क्षेत्रका कतिपय स्थानीय बासिन्दाको मागलाई तत्कालै सम्बोधन गरी सात प्रदेशको सीमांकन गरिने र तराई मधेसका जनताले उठाएको जायज मागहरुलाई यतिका दिन वितिसक्दा पनि सम्बोधन नगरिनुले राज्यको विभेदपूर्ण व्यवहार उजागर गरेको छ ।’
उपराष्ट्रपति झाले सरकार र सत्तारुढ दलहरुलाई आन्दोलनरत पक्षसँग सार्थक र परिणाममुखी वार्ता गरी सम्बोधन गर्न आग्रह गर्नुभएको छ । सत्तारुढ दलहरुले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै उपराष्ट्रपति झाले संशोधनका लागि कानुनी बाधा रहेको बताउनुभयो । तर, राजनीतिक इच्छाशक्ति भयो भने सम्भव हुने उहाँका तर्क छ ।
प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदको अध्यक्ष बनाउन बाधा अड्चन फुकाइएको मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान नेपालको संविधानको धारा ३०५ मा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी संविधानको बाधा अड्चन फुकाएर आन्दोलनरत पक्षनको मागलाई सम्बोधन गर्न सकिन्छ ।’
उपराष्ट्रपति झाले वार्ताको पहल गरी सम्वाद र सहमतिबाट मधेसका मागलाई सम्बोधन गर्न र वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको छ । विज्ञप्तिमा लेखिएको छ, “यी सबैका लागि राजनीतिक दल र आन्दोलनरत पक्षबीच सार्थक र परिणाममुखी वार्ता हुुन जरुरी छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ