News Category 2072/06/13
भारतीय नाका मोर्चाले ठप्प पारेको छ ः तमलोपा केन्द्रिय सदस्य ठाकुर
दैनिक संवाददाता
राजविराज, १२ असोज ।
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जय प्रकाश ठाकुरले भारतीय सीमामा भारतले नाकाबन्दी नगरी मधेशी मोर्चाले गरेको दाबी गर्नुभएको छ ।
संयुक्त आन्दोलन परिचालन समिति तिलाठी भन्सारको आयोजनामा मंगलबार तिलाठी गाविसस्थित बेल्ही भन्सारमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै ठाकुरले सो दाबी गर्नु भएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले नेपाली मिडिया तथा अधिकारकर्मीहरु समेत मधेशको पक्षमा नबोलिरहेको आरोप लगाउँदै मधेशमा जारी आन्दोलनलाई बदनाम गर्न षडयन्त्र गर्दै आएको बताउनुभयो ।
उहाँले मधेशको पक्षको बोल्नेलाई सरकार अहिले बिखण्डनकारीको झुठो आरोप लगाएर मधेशमा जारी आन्दोलनमाथि षडयन्त्र गर्दै आएको आरोप समेत लगाउनुभयो ।
संयुक्त आन्दोलन परिचालन समिति तिलाठी भन्सारका संयोजक अन्जनी कुमार दासको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सदभावना पार्टीका केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश कुमार यादव, शिक्षक मंचका केन्द्रिय सदस्य रामचन्द्र यादव सहितका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म भारतीय नाका ठप्प रहने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ