News Category 2072/06/14
भगवती पोखरी अलपत्र, छठ पर्व प्रभावित हुने संकेत
दैनिक संवाददाता
राजविराज, १३ असोज ।
हिन्दु धर्मावलम्वीहरुको महान चाड दैश, तिहार, छठपर्व नजिकिदै गर्दा पनि राजविराजको भगवति पोखरी अलपत्र र वेवारिसे अवस्थामा रहेपनि राजविराज नगरपालिकाले कुनै सक्रियता नदेखाएको आरोप लगाइएको छ ।
अल्पसंख्यक समुदाय स्वाभिमान समिति सप्तरीका संयोजक उमेश प्रसाद साहद्वारा बुधबार जारी विज्ञप्तीमा आधुनिकिकरणको नाममा भत्काएका पोखरीको संरचनाहरु हटाउन सकिएका छैन भने निर्माण कार्य लामो समयदेखि बन्द राखी अलपत्र र वेवारिसे अवस्थामा राखिएको पोखरीले छठ पर्व पनि प्रभावित हुने पक्का रहेको उल्लेख छ ।
यस्तै हस्ताक्षरित विज्ञप्तीमा नगरका मुख्य र भित्रि सडकहरु तथा नालाहरुको अवस्था पनि जिर्ण रहेका छन भने सामाजिक सुरक्षाको अवस्था पनि खस्कदै गएको जनाएको छ ।
यसैगरी मन्दिर, बाटोघाटोको सरसफाई तर्फ नगरपालिकाले कुनै चासो देखाउन नसक्दा नगर दुर्गन्धित बन्दै गएको जनाउँदै अर्कोतिर छाडा सुगुंर, भुस्याहा कुकुरले पनि नगरवासीलाई आतकिंत बनाउने गरेको छ भने नगरका कतिपय नाला निर्माण कार्य अधुरै छाडिएको छ भने हिन्दुहरुको महान एवं आस्थाको प्रतिक मानिएको छठ पर्वको पुजा स्थलको रुपमा प्रयोग गरिने भगवति मन्दिर पोखरी घाटलाई वेवारिसे बनाइएको जनाएको छ ।
त्यस्तै विगत डेढ महिना बढी दिनदेखि पुरै मधेश आन्दोलत रहेको अवस्थामा आन्दोलनरत पक्षको जायज माँग राज्यले संवोधन तथा समाधानको लागि सम्बन्धित निकायमा पहल गर्न जोडदार रुपमा माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ