News Category 2072/06/16
मधेश परिवर्तनका लागि आन्दोलन संघीयताको नाममा मधेशलाई उपेक्षित गरियो ः गुप्ता
दैनिक संवाददाता
राजविराज, १५ असोज ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले जारि मधेश आन्दोलन मधेशको परिवर्तनका लागि रहेको भन्नुहुँदै आन्दोलन उचाईमा पुगेको दाबी गर्नुभएको छ ।
मधेशी पत्रकार समाज सप्तरीको आयोजना शुक्रबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो दाबी गर्दै उहाँले नेपाल कै इतिहास कहिले नभएको यो आन्दोलन उचाईमा पुग्दा समेत राज्य पक्ष हालसम्म गम्भिर नभएको आरोप लगाउनुभयो ।
उहाँले मधेसी जनताले बिगत झै उघारौ सम्झौता गर्न नचाहेको भन्दै मधेसी मोर्चाले उठाएका मागहरु संविधानमा ब्यवास्था भए मात्र सहमति हुने बताउनुभयो ।
तीन ठूला दलले सुनियोजित रुपमै संबिधान लेखनमा मधेसप्रति बिभेद गरेकाले वार्ता र समझदारी सहज नरहेको बताउँदै भन्नुभयो, “वर्तमान संबिधानमा नागरिक्ता, समानुपातिक समावेशी, प्रदेशको सिमांकन, केन्द्र र प्रदेश बिच शक्तिको बाडफाड लगायत अनगिनत प्रावधानहरुमा बिभेद भएकोले परिस्थिति जटिल भएको छ ।”
तीन दलले भने जस्तै संबिधानको संसोधन प्रकृया पनि जटिल भएको भन्दै संयोजक गुप्ताले तिन दलले मधेसको समस्या समाधान गर्न दृढ संकल्पित भए संक्रमणकालिन ब्यवस्था अनुसार निकास दिन सकिने बताउनुभयो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामै तराई मधेस अभियान सहभागि नभएपनि मोर्चाका प्रायः सबै जसो कार्यक्रममा सहभागिता जनाउदै आउनुभएका गुप्ताले भन्नुभयो, “मोर्चाले उधारो सम्झौता गरे मधेसी जनताबाट आन्दोलन रोकिदैन् ।” उहाँ भन्नुहुन्छ, “तिन दलले समानुपातिक समावेशीको बिषयलाई संबिधानको निर्देशक सिद्धान्तको घारामा थपिने सहमत भएका छन्, यसले हाम्रो मागलाई सम्बोधन गर्दैन ।”
निर्देशक सिद्धान्त कार्यन्वयनको सन्दर्भमा बाध्यात्मककारी नहुने भएकाले शासन संचालनका निकायहरु, मन्त्री परिषद्, लोकसेवा, योजना आयोग, अख्तियार, निर्वाचन आयोग, कर्मचारीतन्त्र, न्यायपालिका, सुरक्षा जस्ता निकायहरुमा जनसंख्याको आधारमा सहभागिताको ग्यारेन्टि संबिधानमा नभए सम्म आन्दोलन नरोकिने उहाँले ठोकुवा गर्नुभयो ।
संयोजक गुप्ताले तीन दलले संघीयताका नाममा मधेशलाई दास बनाउन खोजेको आरोप लगाउदै ४७ प्रतिशत प्रतिनिधीले मधेशका ५१ प्रतिशत जनसंख्याका लागि अपुग भएको जिकिर गर्नुभयो । एक अर्को प्रसङमा गुप्ताले सरकार र संचारमाध्यमले वार्ता भइरहेको कुरालाई गलत बताउँदै वार्ताका लागि वातावरण बनाउन छलफल मात्र भइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले मधेशलाई संघियताको नाममा पाँच भागमा विभाजन गरिएको स्मरण गराउँदै मुलुकमा कमजोर संघीयता निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले प्राकृति श्रोतसाधन तथा तक्षशिला मानिने कोशी, कर्णाली, महाकाली, गण्डकी जस्ता ठूला जलबिद्युत उत्पादन गर्ने नदीहरुलाई मधेशमा नपार्नु, विपी कोइराला बिज्ञान प्रतिष्ठान, चितवन क्यान्सर अस्पताल, पूर्वाञ्चल विश्व विद्यालय लगायतका एउटा पनि मधेशमा नदिएर संघीयताको नाममा मधेशलाई उपेक्षित गरिएको स्पष्ट पार्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ