News Category 2070/04/24
नक्कली भारु दिएको भन्दै स्थानियहरु शारडा बिरुद्ध आक्रोशित
दैनिक संवाददाता
राजविराज, २३ साउन ।
चर्काे ब्याज लिएर पनि राजविराज निवासी हनुमान शारडाले नक्कली भारतीय रुपैयाँ दिएको भन्दै स्थानियहरु आक्रोशित बनेका छन् ।
बोलबम जाने क्रममा शारडासँग लिएको रु.३ हजार भारतीय रुपैयाँ भारतको सुलतानगंजमा नक्कली भएको पुष्टि भएपछि दुख पाएको भन्दै सप्तरीको जमुनी मधेपुरा गाविस–३ निवासी किसुनदेव यादव सहितका स्थानियहरु आक्रोशित बनेका हुन् ।
चर्काे ब्याज लिएर पनि शारडाले आफुलाई नक्कली भारतीय हजारको नोट दिएको आरोप लगाउँदै बाबाधाम जाने क्रममा स्याउ किनेर पसलेलाई उक्त रकम दिएपछि नक्कली भन्दै प्रहरी र स्थानियले त्यहाँ मानसिक यातना दिएको पिडीत यादवले दुखेसो पोख्नुभयो ।
यादवसँग शारडाको पसल अगाडी भेला भएका स्थानियहरुले केही बेर आक्रोश पोखेपछि बुधवार साँझ तनाब बढेको थियो ।
केही स्थानियहरुको सहयोगमा प्रहरी र स्थानियहरुको घेराबाट भाग्न सफल भई राजविराज आईपुगेका यादवले बुधवार सो बारे व्यापारी शारडालाई जानकारी गराउँदा दिउँसो आउन भनेपनि पछि शारडा आफुलाई भेटन नचाहेको गुनासो पोख्नुभयो ।
आफुलाई नक्कली भारतीय रुपैयाँ दिएर ठगी गर्ने शारडा माथि कार्वाही गर्न स्थानियहरुले माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ