News Category 2072/06/17
यूवा विद्यार्थीद्वारा राजविराजमा अर्धनग्न जुलुस प्रदर्शन
राजविराज÷जारि मधेश आन्दोलनको शनिबार ५० औं दिन मधेशी मोर्चा सप्तरी आवद्ध युवा विद्यार्थीको आयोजनामा राजविराजमा अर्धनग्न जुलुस निकालिएको छ ।
स्थानिय शिव मन्दिरको प्राङनबाट निकालिएको सो जुलुसमा मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जलुसमा सहभागि युवा विद्यार्थीहरुले आफ्नो शरीरमा “मधेश सरकार” लेखेर प्रदर्शन गरेका थिए ।
सो जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
बिरोध सभामा बोल्दै वक्ताहरुले आन्दोलनको ५० औं दिन बाध्य भई अर्धनग्न जुलुस निकालेर सरकारलाई मुलुकको वर्तमान अवस्था यस्तै भएको संकेत दिएको युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव जानकारी दिनुभयो ।
शम्भु यादवको अध्यक्षता आयोजित बिरोध सभामा नेपाल सद्भावना पार्टीका बिनोद कुमार मण्डल, फोरमका बिशाल यादव, रामसपाका तुलानाथ माझि, सुमन ठाकुर, फनिकान्त झा, लक्ष्मण यादव, अशिष सिंह, जयप्रकाश यादव, तुफान मधेशी, रामकिसुन यादव, अमरकान्त झा लगायतका बक्ताहरुले मधेशको माग पुरा नभएसम्म यस्तै प्रकारको बिरोध भइराख्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ