News Category 2072/06/20
संघीय मोर्चाको हस्ताक्षर कार्यक्रम सुरु
दैनिक संवाददाता
राजविराज, १९ असोज ।
संघीय मधेशी मोर्चाले जारि आन्दोलनलाई निरन्तरता दिँदै सप्तरीसहित सम्पूर्ण मेधशमा मंगलबारदेखी एक हप्ते हस्ताक्षर कार्यक्रम सुरु गरेको छ ।
मधेशमा जारी आन्दोलनको समर्थन र नेपालमा जारी गरिएको संबिधानमा मधेशी अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघको समर्थन र सहयोगको लागि एक हप्ते हस्ताक्षर अभियान संचालन गरेको हो ।
नेपाल सद्भावना पार्टी सप्तरी कार्यालयबाट ब्यानर बोकी निकालिएको हस्ताक्षर कार्यक्रम राजविराजस्थित गजेन्द्र चौकमा गरिएको थियो ।
मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा मधेशी समुदायको उपस्थिति रहने स्थानहरुमा सो कार्यक्रम संचालन गर्ने नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादवले जानकारी दिनुभयो ।
जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपाल स्थित संयुक्त राष्ट्र संघको आवासिय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ