News Category 2072/06/20
सरकार अन्धो बनेको भन्दै राजविराज र विषहरियामा डिबिया (टुक्की) जुलुस प्रदर्शन
दैनिक संवाददाता
राजविराज, १९ असोज ।
जारि मधेश आन्दोलनको मंगलबार ५३ औं दिन सप्तरी सदरमुकाम राजविराज र जिल्लाको विषहरिया गाविसस्थित दमावत्तिमा छुट्टाछुट्टै डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको छ ।
मधेशमा विगत लामो समयदेखि बन्द जारी रहदाँ पनि वर्तमान सरकार अन्धो बनेको भन्दै दिउँसै सरकारको बिरुद्धमा डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको हो । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट दिउँसै निकालिएको डिबिया (ठुक्की) सहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
मधेशी मोर्चा निकट सद्भावना पार्टीका नगर अध्यक्ष अमरकान्त झाको अध्यक्षतामा आयोजित सो बिरोध सभामा फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य कमालउद्दिन, विद्यार्थी मञ्चका केन्द्रिय सदस्य शम्भु कुमार यादव, यूवा फोरम लोकतान्त्रिकका केन्द्रिय सचिव हुलसित यादव, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, तुफान मधेशी, नेकपा (माओवादी) का जयप्रकाश यादव, रामकिसुन यादव, रामसपाका भुपेन्द्र यादव, जमाहर यादव, सुमन ठाकुर, नेपाल सदभावना पार्टीका युवा नेता बिनोद कुमार मण्डल लगायतका बक्ताहरुले मधेशको अधिकार सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यसैगरी सप्तरीको बिषहरिया गाविस १ स्थित दमाबती टोलमा समेत मंगलबारै दिउँसै डिबिया (टुक्की) जुलुस प्रदर्शन गरेको छ ।
मधेशी मोर्चाका स्थानीय नेता गोलीकृष्ण यादव रामुको नेतृत्वमा नेता कार्यकर्ताहरुद्वारा वर्तमान सरकारको बिरोधमा दिउँसै डिबिया (ठुक्की) जुलुस प्रदर्शन गरीएको थियो ।
त्यसैगरि सप्तरी क्षेत्र नं ३ का सांसद् उमेश कुमार यादवको पुतला समेत दहन गरिएको स्थानीय सुधिर कुमार यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ