News Category 2070/04/25
चार दल सिन्डिकेट नभई शक्ति हो ः अध्यक्ष गच्छदार
दैनिक संवाददाता
राजविराज, २४ साउन ।
मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले अरु दलहरुले भने जस्तोे चार दलिय सिन्डिकेट नभएर चार दल शाक्ति भएको बताउनुभएको छ ।
फोरम लोकतान्त्रिक सप्तरीद्वारा बिहीवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले चार दल मुलुकको सिन्डिकेट नभएर ठुलो शक्ति भएको बताउनुभयो ।
उच्चस्तरीय राजनीतिक संयन्त्र रहर नभएर बाध्यता रहेको उल्लेख गर्दै उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रमा अन्य दलहरुलाई पनि सहभागि गराउने बताउनुभयो ।
मंसिर ४ गते तोकिएको संविधानसभा निर्वाचनका लागि असन्तुष्ट रहेका दलहरुको सम्पुर्ण मागलाई सम्बोधन गर्न नसकिने बताउँदै उहाँले असन्तुष्ट दलहरुले उठाउँदै आएको कतिपय मागहरु निर्वाचनलाई प्रभाबित पार्ने खालका भएकाले सबै माग सम्बोधन हुन नसक्ने बताउनुभयो ।
निर्वाचनको बिपक्षमा रहेका असन्तुष्ट दलहरुलाई समेत निर्वाचनमा ल्याउन आफुहरुले हदै सम्मको लचकता अपनाउन तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।
असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागि हुने विश्वास ब्यक्त गर्नहुँदै उच्चस्तरीय राजनीतिक समितिका सदस्य समेत रहनु भएका गच्छदारले शुक्रबारसम्ममा असन्तुष्ट दलहरुसँगको वार्ता निष्कर्षमा पुग्ने दाबी गर्नुभयो ।
मंसीर ४ गतेको घोषित निर्वाचन स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन सबैसँग आग्रह गर्नुहुँदै उहाँले मुलुक दोश्रो संबिधानसभा निर्वाचनमय बनिसकेकाले यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ