News Category 2072/06/22
सद्भावना अध्यक्ष महतोको निवासमा ढुंगामुढा र पार्टी कार्यालय तोडफोड घटनाको मोर्चा तथा विभिन्न पार्टीद्वारा भत्र्सना
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको काठमाडौं सिनामंगलस्थित निवासमा बिहीबार बिहान ढुंगामुढा तथा थापा गाउँस्थित पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा बुधबार राती तोडफोड गरेका छन् ।
करिब सयजनाको समूहमा आएका व्यक्तिहरुको समूहले महतो निवासमा ढुं्रगामुढा गर्नुका साथै बुधबार राती पार्टीका कार्यालयमा तोडफोड गरेका हुन् । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महतोको काठमाडौस्थित निवास तथा पार्टी केन्द्रिय कार्यालयमा भएको तोडफोड र ढुं्रगामुढाको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भत्र्सना गरेको छ ।
मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश लोकतान्त्रिक पार्टीका गोबिन्द चौधरी, सद्भावना पार्टीका महासचिव मनिष सुमन र तराई मधेश सद्भावना पार्टी नेपालका रामनरेश रायद्वारा जारि संयुक्त विज्ञप्तिमा सो भत्र्सना गर्दै सो घटनाको बिरोधमा सम्पूर्ण न्यायप्रेमी जनसमुदायसँग एक्यबद्ध हुन आग्रह गरिएको छ ।
सो विज्ञप्तिमा जारि शान्तिपूर्ण आन्दोलनका क्रममा अराजकतत्वहरुले गरेको यस्ता प्रकारको घटनाले सम्प्रदायिक भावना फैलाउने कार्यको घोर आपत्ति जनाउँदै त्यस्ता कार्य नगर्न नगराउन सम्पूर्णलाई आग्रह गरिएको छ । त्यस्तै विज्ञप्तिमा त्यस्ता प्रकारको घटना राक्नका लागि सरकारसँग आग्रह समेत गरिएको उल्लेख छ ।
यस्तै संघीय लोकतान्त्रिक मोर्चाले पनि संयुक्त विज्ञप्ति जारि गर्दै घटनाको बिरोध गरेको छ । मोर्चासँग आवद्ध मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवद्वारा संयुक्त रुपमा विज्ञप्ती जारि गर्दै यस्तो गैर राजनीतिक र निन्दनीय कार्यको घोर भत्सर्ना गरेको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा अधिकार र पहिचानको लागि मधेश र थरुहटमा भईरहेको आन्दोलनलाई सम्प्रदायिकताको रुप दिई बदनाम गराउन खोजिएको घृणित मानसिकताप्रति सरकारलाई सचेत हुन आग्रह गर्दै आम जनसमुदायलाई संयमता अपनाई सद्भाव कायम राख्न आग्रह गर्दै यस्तो कार्यमा संलग्न दोषीहरुको खोजी गरी अबिलम्ब कारवाही गर्न जोडदार माग गरिएको छ ।
यसैबिच सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महतोको काठमाण्डौस्थित निवास तथा पार्टी केन्द्रिय कार्यालयमा सुरक्षाकर्मीहरुको उपस्थिति बिच गरिएको आक्रमण र तोडफोड घटनाको मधेशी मोर्चा सप्तरीको गम्भिर ध्यानाकर्षण भएको छ ।
मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा जारी विज्ञप्तीमा सत्ताधारी तीन दलको उक्साहटमा खस पहाडियाहरुले देखाएको नाङ्गो नाचको घोर निन्दा गर्दै मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला यसलाई दमन गर्न कुनै कसर बाँकी नराखेका सत्ताधारी दलले तल्लो स्तरमा उत्रेर मधेशवादी दलका अगुवाको घरमा मात्र नभई भौतिक आक्रमणमा समेत उत्रेकोमा सो कार्यको घोर भत्र्सना गर्दै यस्ता सम्प्रदायिक सदभाव खल्बलाउने घटना अविलम्ब रोक्न तथा दोषीहरुलाई पक्राउ गरी कडा कारवाहीको माग समेत गरिएको छ ।
साथै हस्ताक्षरित विज्ञप्तीमा मधेश र मधेशीहरुलाई अधिकार बिहिन बनाउने र छातीमा गोली हानि आक्रमण गर्नेहरु विरुद्ध तमाम मधेशी हातमा दही जमाएर नबस्ने उदघोष समेत गर्दै कडा प्रतिकारमा उत्रिने चेतावनी समेत विज्ञप्ती मार्फत दिईएको छ ।
त्यसैगरी सोहीे घटनाको विद्यार्थी मंचले घोर भत्र्सना गर्दै दोषिमाथी कारवाहीको माग गरेको छ । विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष किशोर कुमार यादवद्वारा जारी विज्ञप्तीमा उक्त घटनाको न्यायिक छानविन गरी अविलम्व दोषिलाई न्यायको कठघरामा उभ्याउन माग गर्नुभएको छ ।
बिहीबार जारि विज्ञप्तीमा संघिय लोकतन्त्र–गणतन्त्रमा मधेशका जायज माग र अधिकार प्राप्तिका लागि विगत ५५ दिनदेखि जारी आन्दोलन र मधेश तथा मधेशी, थारु, आदिवासी, जनजाती लगायतले भोगिरहेको समस्याप्रति सत्ताधारी दलहरुले वेवास्ता गरीरहेका वखत सत्ताधारी पार्टीहरुको ईसारा र उक्साहटमा विखण्डनवादी मानसिक्ताका केही व्यक्तिहरुले पार्टी अध्यक्षको नीजि निवास गाली गलौज गर्दै ढुंगामुढा तथा पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा तोडफोड गर्नुले हाम्रो स्वाभिमान माथि प्रहार भएको मंचले ठहर गरेको छ ।
मधेश आन्दोलनप्रति सहानुभुति र समर्थन गर्नुको साटो यसरी अमानवीय र अभद्र ब्यवहार प्रदर्शन गरिनुवाट सत्ताधारी दलहरुको वास्तविक चरित्र उदाङ्गो भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा साम्प्रदायिक दंगा भड्काउनेहरुका कारण मधेश सहित मुलुकमा निम्त्याउन सक्ने खताराप्रति सचेत हुन विज्ञप्ती मार्फत आग्रह गराईएको छ ।
साथै जारी आन्दोलन अधिकारका लागि भएकोले हामी विखण्डनका पक्षमा नरहेको उल्लेख गर्दै अहिले केही व्यक्तिहरुले मलजल गरिरहेको पछिल्लो घटनाले देखाएको विज्ञप्तिमा उल्लेख छ । हस्ताक्षरित विज्ञप्तीमा यस्ता घटनाहरु वढदै गए प्रतिकार हुन सक्ने र भोलीका दिनमा आन्दोलन त्यसवाटोमा पनि लाग्न सक्ने कुरा स्पष्ट पार्दै स्वाभिमानी मधेशी जनताले यस्ता घटनाको कडा प्रतिकार गर्न सदैव तयार रहेको जनाउँदै त्यसपछि उत्पन्न हुने अवस्था र जनधनको क्षतिको जिम्मेवारी सत्ताधारी तीन दल कांग्रेस, एमाले, एमाओवादीका नेताहरुले लिनुपर्ने उल्लेख गरिएको छ ।
यसैगरि सद्भावना पार्टी सप्तरीका अध्यक्ष सुनिल कुमार झाले बिहीबारै एक विज्ञप्ति जारि गर्दै पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको काठमाडौंस्थित निवासमा घर जलाउने धम्की र तोडफोडको प्रयासका साथै सदभावना पार्टी सम्पर्क कार्यालय काठमाडौंमा भएको ढुङ्गामुढा एव तोडफोड प्रति सद्भावना पार्टी सप्तरी घोर निन्दा र भत्र्सना गरेको जनाइएको छ ।
विज्ञप्तिमा आन्दोलनलाई दबाउन साम्प्रदायिकता भडकाउने अराजक गतिविधी गर्ने तत्वलाई यथाशिर्घ नरोकिए पार्टी चुप नलाग्ने समेत सबैमा सुचित गर्दै यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार साम्प्रदायिकता भडकाउने तत्व र राज्य जिम्मेवार हुने जनाइएको छ ।
त्यसैगरी संघीय समाजवदी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साह, जिल्ला अध्यक्ष दिनेश यादव, क्षेत्रिय अध्यक्ष नबनित झा, राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलले छुट्टाछुट्ट विज्ञप्ति जारि गर्दै सद्भावना अध्यक्ष राजेन्द्र महतोको निवास तथा पार्टी कार्यालयमा गरिएको ढुंगामुढा तथा तोडफोड अत्यन्त गैरजिम्मेवार कार्य रहेको भन्दै त्यस्ता कार्यप्रति सचेत रहन सरकारलाई अनुरोध गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ