News Category 2072/06/22
मोटरसाईकल दुर्घटनामा तीनको मृत्यु
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
सप्तरी, सिरहा र सुनसरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका ३ मा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को. ११ प १४२३ नम्बरको मोटरसाइकल राजमार्गमा रहेको कल्भर्टमा ठोक्किँदा सप्तरीको कञ्चनपुर नगरपालिका ७ बस्ने ३५ वर्षीय मोटरसाइकल चालक जितेन्द्रकुमार शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।
सो मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते शर्माको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
को१५प १३०२ र स४प ६२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सिरहाको गोलबजार नगरपालिका–७ निवासी दिनेश साहको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत सोमबार राति जितिया मेलाको नाच हेर्न गएका बेला कसहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएको थियो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको भारतको विहारस्थित दरभङ्गामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
यस्तै पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविसमा बुधबार स्कुटी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
हरिपुर गाविस– ९ स्थित पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स५प ९५५६ नंको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक तरही ४ बस्ने २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका चौधरीलाई धर्मेश्वर अस्पताल सप्तरी लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/30 रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
- 2082/01/30 आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
- 2082/01/30 अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
- 2082/01/30 विभिन्न बहानामा दलितमाथी हुने गरेको विभेद विरुद्ध कारवाहीको माग
- 2082/01/29 कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
- 2082/01/29 राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
- 2082/01/29 शान्ति अहिंसालाई सबैले आत्मसात गरेर हिड्न सके मात्र समाज परिवर्तन गर्न सकिन्छ ः मन्त्री लेखी
- 2082/01/28 हटियाको जग्गा पुनः अतिक्रमण
- 2082/01/28 पोखरीको सौन्दर्यकरण तथा भलुवाही खोलाको तटबन्ध निर्माण कार्य सुरु
- 2082/01/28 प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ