News Category 2072/06/22
मोटरसाईकल दुर्घटनामा तीनको मृत्यु
दैनिक संवाददाता
राजविराज, २१ असोज ।
सप्तरी, सिरहा र सुनसरीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुर नगरपालिका ३ मा मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को. ११ प १४२३ नम्बरको मोटरसाइकल राजमार्गमा रहेको कल्भर्टमा ठोक्किँदा सप्तरीको कञ्चनपुर नगरपालिका ७ बस्ने ३५ वर्षीय मोटरसाइकल चालक जितेन्द्रकुमार शर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।
सो मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते शर्माको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरे पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको अयोध्यानगर–३ कसहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक व्यक्तिको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
को१५प १३०२ र स४प ६२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका सिरहाको गोलबजार नगरपालिका–७ निवासी दिनेश साहको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत सोमबार राति जितिया मेलाको नाच हेर्न गएका बेला कसहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएको थियो । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको भारतको विहारस्थित दरभङ्गामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो ।
यस्तै पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको हरिपुर गाविसमा बुधबार स्कुटी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
हरिपुर गाविस– ९ स्थित पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स५प ९५५६ नंको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक तरही ४ बस्ने २५ वर्षीय मनोज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका चौधरीलाई धर्मेश्वर अस्पताल सप्तरी लगिएकामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ