News Category 2072/06/23
सुरक्षाकर्मीले केरा चोरेको स्थानियहरुको आरोप
दैनिक संवाददाता
राजविराज, २२ असोज ।
सप्तरीको भारदहका किसानहरुले काटेर ल्याई सडक छेउमा राखेका केरा पछिल्लो पन्ध्र दिनदेखि चोरी भईरहेको थियो । तर, रातीको समयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपनि कसले चोरी गरेको भन्ने विषयको एकिन हुन सकेको थिएन् ।
शुक्रवार बिहान ४ बजेको समयमा आफ्नो केरा हेर्न राजमार्ग पुगेका भारदहका महेन्द्र मेहताले सशस्त्र प्रहरीलाई आफ्नो गाडी (ट्रक)मा केराको घरी लोड गर्दै समातेका छन् ।
यता विगत एक महिना भन्दा बढी दिनदेखी राजमार्ग क्षेत्रमा साँझ ६ बजेदखी बिहान ६ बजेसम्म निषेधाज्ञा जारि हुँदै आएको छ ।
सुरक्षा प्रदान गर्ने निकाय नै चोरी गर्दै फेला परेकोमा त्यहा किसानहरु आश्चर्यचकित छन् । सशस्त्र प्रहरीले केरा चोरी गरेको भनि स्थानीय कृषकहरुले भारदहस्थित ईलाका प्रहरी कार्यालयलाई शुक्रवार जानकारी गराएका छन् । तर, ईप्रकाका प्रमुख सई सुरेन्द्र खेरवारले आफूसमक्ष कसैले यस विषयमा जाहेरी दिन नआएको बताउनुभयो ।
भारदहस्थित सशस्त्र प्रहरीको अस्थायी क्याम्पका इन्सपेक्टर नवीन अधिकारीले पनि शसस्त्र प्रहरीबाट यस्तो काम हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले केही व्यक्तिहरुले सशस्त्र प्रहरीलाई बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ