News Category 2072/06/24
भारतको समर्थनमा जुलुस प्रदर्शन
राजविराज÷मधेशमा विगत ५७ दिनदेखि जारी आन्दोलनकै क्रममा शनिबार राजविराजमा नेपाल भारत मैत्री अमर रहुन भन्ने मुल नाराका साथ भारतको समर्थनमा जुलुस प्रदर्शन गरिएको छ ।
राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको समर्थन जुलुस नगरको विभिन्न स्थानमा परिक्रमा पश्चात् जनआन्दोलन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
नेपाल भारत मैत्री संघका शैलेन्द्र मोहन झाको अध्यक्षता तथा क्षेत्रिय आन्दोलन परिचालन समितिका संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष संचालन लक्ष्मण यादवद्वारा संचालित सो सभामा सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावित्रि पण्डित, तराई मधेश लाकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, नेपाल भारत मैत्री संघका अध्यक्ष मनोज कुमार मुन्धडा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, दलित नेता मनोज मेहतर, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, संघिय समाजवादी फोरम नेपालका युवा नेता विशाल यादव, सदभावना पार्टीका नगर अध्यक्ष अमरकान्त झा, गोरगामाका रामचरित्र यादव, नेकपा माओवादी वैद्यका रामगमन साह, रंजितपुरका पंचदेव यादव, युवा विद्यार्थीका संयोजक शम्भु कुमार यादव, सदभावना पार्टीका जिल्ला सदस्य सत्य नारायण साफी लगायतका बक्ताहरुले भारतले नाकाबन्दी नगरेको दाबी गर्दै मधेशी मोर्चाले गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ