News Category 2072/06/25
दंगाग्रस्त क्षेत्र हटेपनि प्रहरीले मर्निङवाक गर्न निस्केका युवकसहित स्थानियलाई कुटे
दैनिक संवाददाता
राजविराज, २४ असोज ।
दंगाग्रस्त क्षेत्र हटेको दुई दिनपछि आइतबार बिहान सप्तरीको कञ्चनपुर नगरपालिका ५ राजमार्गमा घुमफिर गर्न निस्केका एक युवकलाई प्रहरी निर्घात कुटपिट गरेको छ ।
कञ्चनपुर नगरपालिका–५ निवासी बालकिसुन मण्डलका १६ वर्षीय छोरा टुनानन्द मण्डललाई प्रहरीले कुटपिट गरेका हुन् । विहान ५ बजे बस तथा मालबाहक ट्रकहरुलाई स्कर्टिङ गर्ने प्रहरीको कुटाइबाट मण्डलको हातमा गहिरो घाउ भएको छ ।
प्रहरीको कुटाईबाट घाइते भएका मण्डलले बिहान दंगाग्रस्त क्षेत्र हटेको सुनेपछि घुमफिर गर्न घरबाट आफू निस्कँदा प्रहरीले लट्ठीले र अन्य स्थानियलाई समेत निर्घात कुटपिट गर्नुका साथै आफुसँग रहेको नोकिया मोबाइल समेत खोसेको बताएका छन् ।
सोही विषयलाई लिएर सडकमा सर्वसाधरण कुटिएपछि आइतबार विहानैदेखि कञ्चनपुर नगरपालिकास्थित कञ्चनपुर बेरीयर तनावग्रस्त बनेको थियो । प्रहरी र प्रर्दशनकारीबीच दोहोरो झडपसमेत भएको छ । प्रदर्शनकारीले बेरियरस्थित नेपाल बैंकमा ढुंगामुढासमेत गरेका छन् ।
दुई दिन अघि मात्र दंगाग्रस्त क्षेत्र हटेपछि स्थानीय बजार खुल्न थालेपछि आइतबार पुनः पसल, कलकारखाना समेत पूर्णरुपमा बन्द गरिएको छ । यसै क्रममा बेरियर चौकमा इलाका प्रहरी कार्यालय, कञ्चनपुरअगाडि मधेशी मोर्चासँग सम्बद्ध आन्दोलनकारीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले कुटपिट गर्ने प्रहरी पहिचान गरी कारबाही गर्ने जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ