News Category 2072/06/27
आन्दोलन जारि रहन्छ ः मधेशी मोर्चा
दैनिक संवाददाता
काठमाडौं, २६ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन जारी नै रहने जनाएको छ ।
मोर्चाले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरुले संविधान कुनै पनि हालतमा नमान्ने र आन्दोलन जारि रहने दृढता व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनमा मोर्चाका एक घटक उपेन्द्र यादवले उग्रवामपन्थी, चरमपन्थी र अवसरवादीहरुको विरुद्धमा आफूहरुले सुशील कोइरालाको पक्षमा मतदान गरेको बताउनुभयो ।
उहाँले एमालेलाई उग्रवामपन्थी, पहिचान विरोधी र घोर मधेश विरोधी, एमाओवादीलाई चरमपन्थी र राप्रपा नेपाललाई अवसरवादीको रुपमा व्याख्या गर्नुभयो ।
आन्दोलनरत् एउटा मोर्चा ओलीलाई सघाएको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा यादवले भन्नुभयो, ‘गच्छदारले जता सत्तादेख्यो त्यतैको हो ।’ संविधानलाई स्वीकार गरी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा सहभागिता जनाएको भन्ने प्रश्नमा उहाँले, ‘आफूहरुले सर्वोच्च अदालतको निर्णयको सम्मान र व्यवस्थापिका संसदको नियमावली अनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएको’ प्रष्ट्याउनुभयो ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा, ‘राजनीतिक मुद्दाहरु छोडेका छैनौं र प्रतिगामी संविधान स्वीकार गरेका छैनौं । त्यसैले, यस प्रतिगामी संविधानको विरोधमा हामीले उठाएका मुद्दाहरुप्रति हाम्रो प्रतिबद्धता यथावतै छ । मधेशी, थारु, आदिवासी जनजाति, शिल्पी÷दलित, मुस्लिम, महिला पिछडा वर्ग र सीमान्तकृत समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायहरुको हक अधिकारलाई संवैधानिक रुपले सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर रुपमा जारी नै रहने छ ।’ उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ