News Category 2072/06/28
संविधानको शल्यक्रिया पुस्तक विमोचन जसरी पनि अखण्ड मधेस हुनुपर्छ ः तिवारी
दैनिक संवाददाता
राजविराज, २७ असोज ।
नेपाल सद्भावना पार्टी(गजेन्द्रवादी)का राष्ट्रिय अध्यक्ष विकासकुमार तिवारीले जसरी भएपनि अखण्ड मधेस प्रदेश हुनुपर्ने बताउनु भएको छ । मधेस पत्रकार समाजले बुधवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले यस्तो बताउनु भएको हो ।
नयाँ संविधान महेन्द्रवादी चिन्तनको भएकाले धेरै धाराहरु संशोधन र परिमार्जन गर्नुपर्ने बताउँदै अध्यक्ष तिवारीले भन्नुभयो, ‘सिमाङ्कनको आधारमा मधेशमा कठोर संविधान जारी भएको छ, जसरी पनि मधेस अखण्ड रहनुपर्छ ।’ झापादेखि कंचनपुरसम्मको भूभाग मधेश प्रदेशमै कायम हुनुपर्ने उहाँको भनाई छ ।
नयाँ संविधानमा मधेश प्रदेशको सिमा, निर्वाचन क्षेत्रको निर्धारण, नागरिकता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय सहितका विषयहरुमा पुर्नमार्जन गर्नुपर्ने भनि आम मधेसी समुदायको आवाज रहेकाले सोही अनुसार संविधान संशोधन गरिए मात्रै संविधान सबैको साझा हुनसक्ने भनाई अध्यक्ष तिवारीको छ ।
सोही पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीद्वारा लिखित ‘संविधानको शल्यक्रिया, नेपालको संविधान–२०७२’ नामक पुस्तकसमेत विमोचन गरिएको छ । पत्रकार समाजका अध्यक्ष शैलेन्द्र सिंहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ पत्रकारद्वय शिबहरीप्रसाद भटराई र बैजनाथ झाले सामुहिक रुपमा अध्यक्ष तिवारीद्धारा लिखित उक्त पुस्तकको विमोचन गर्नुभयो ।
कार्यक्रममा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका केन्द्रिय सदस्य सावृत्रि पण्डित, पार्टीका जिल्ला अध्यक्ष दानी मण्डल, जिल्ला उपाध्यक्ष सुशिला मण्डल सहितका नेताहरुको उपस्थिती थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ