News Category 2072/06/29
कंकालिनी मन्दिरमा पुजाका लागि सम्पूर्ण व्यवस्था मिलाइयो ः मन्दिर समिति राँगा बलि कात्तिक ४ गते
दैनिक संवाददाता
राजविराज, २८ असोज ।
कंकालिनी भगवती मन्दिरमा विगतका वर्षहरु जस्तै यस वर्ष पनि विजयादशमी अवधी भर कंकालिनी भगवती मन्दिर विकास समितिले धुमधामका साथ पूजाआजा गर्ने जनाएको छ । कंकालिनी भगवती मन्दिर विकास समितिले बिहीबार राजविराजमा गरेको पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराउँदै विजयादशमी अवधिभर विकास समितिका पदाधिकारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा स्थानीयहरुको विशेष उपस्थितीमा मन्दिर परिसरमा कुनै असुरक्षा नरहने जनाएको छ ।
यस्तै समितिका अध्यक्ष गजेन्द्रप्रसाद माझी र सचिव लक्ष्मण मण्डलद्वारा जारि विज्ञप्तिमा सोही क्रममा मन्दिर विकास समितिले विजयादशमीको अवसरमा श्रद्धालु भक्तजनहरुलाई पूजाआजा गर्न सहुलियत प्रदान गर्ने उद्देश्यले आवश्यक सम्पूर्ण ब्यवस्था मिलाएको जानकारी दिइएको छ ।
साथै मधेस आन्दोलनको केन्द्रबिन्दु नै सप्तरीको भारदह हुन पुगेकाले सो कारण मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरुलाई मनमा कुनै किसिमका द्विविधा नराख्न आग्रह गर्दै मन्दिरमा पूजाआजा गर्न आउनका लागि कुनै किसिमको बाधा ब्यवधानसमेत नरहने सबैमा आग्रह गरिएका छ ।
यस्तै विजयादशमीको महानवमीको दिन हुने राङ्गा बलि प्रदान नै यस मन्दिरको मूख्य आकर्षण रहेकोले यसवर्षको महानवमी आगामी कार्तिक ४ गते बुधवार राङ्गा बलि प्रदान गर्न आउन हुने भक्तजनहरुलाई कार्तिक ३ गतेसम्म मन्दिर परिसरमा नाम दर्ता गराउन आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ