News Category 2072/06/29
फोरम लोकतान्त्रिकका महासचिव यादवद्वारा पदबाट राजिनामा
दैनिक संवाददाता
राजविराज, २८ असोज ।
पूर्व कृषि मन्त्री तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव मृगेन्द्र कुमार सिंह यादवले पार्टीबाट राजिनामा दिने घोषणा गर्नुभएको छ ।
मधेशी मोर्चा सप्तरी र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजनामा बिहिबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा आयोजित बिरोध सभामा सिंहले सो घोषणा गर्नुभएको हो ।
उहाँले आप्mनो पार्टी मधेशमा जारी आन्दोलनलाई वेवास्ता गर्दै तथा मधेशी जनतालाई धोका दिएर सरकारमा गएको भन्दै पार्टीको साधारण सदस्य समेतबाट उहाँले राजिनामाको घोषणा गर्नुभयो ।
थारु कल्याणकारीणी सभाका अध्यक्ष अरुण कुमार चौधरीको अध्यक्षतामा आयोजित सो बिरोध सभामा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह रामबाबु, पार्टीका केन्द्रिय सदस्य दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य बिनोद चौधरी, थारु आन्दोलनका अगुवा बौली चौधरी, रघु कुमार सिंह, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, आन्दोलन परिचालन समिति कठौनाका संयोजक उम्देश्वर साह, थारु कल्याणकारीणी सभाका युवा संयोजक रामाकान्त चौधरी, स्थानीय बुद्धिजीवी बिनोद सिंह, समाजसेवी धर्मेन्द्र मण्डल, सभाका ज्योति लनुवार लगायतका बक्ताहरुले अधिकार प्राप्त नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/03/22 सैनिक जनशक्ति फिर्ता जाने भएपछि स्थानीय उत्रे आन्दोलनमा
- 2082/03/22 सकियो मेयरकप ब्याडमिन्टन
- 2082/03/22 सडक मै ढाट तेर्साएर चक्काजाम
- 2082/03/19 एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
- 2082/03/19 एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत
- 2082/03/19 लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
- 2082/03/18 भ्रामक समाचार हाल्नेविरुद्ध कानुन अनुसार अघि बढ्ने ः पत्रकार महासंघ सप्तरी
- 2082/03/18 अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
- 2082/03/17 बसको ठक्करबाट बालकको ज्यान गएको बिरोधमा स्थानीयद्वारा सडक अवरुद्ध
- 2082/03/17 आधारभूत पत्रकारिता तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ