News Category 2072/07/01
सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा कमि
राजविराज÷लगातार ६४ दिनदेखिको मधेशमा जारी बन्द र छिमेकी भारतमा जारी बिधान सभाको निर्वाचनका कारण यस वर्ष सप्तरीको ऐतिहासिक छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको छ ।
हिन्दुहरुको महान चाडपर्वको अवसरमा प्रत्येक वर्ष बडा दशै अवधिभरी मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको हो ।
बडा दशैंको शनिबार पञ्चमीको अवसरमा पनि सो मन्दिरमा न्युन मात्रामा श्रद्धालु भक्तजनहरु दर्शन तथा पुजाआजाको लागि आएको मन्दिर समितिका अध्यक्ष रामनारायण यादव रामबाबुको कथन छ । अध्यक्ष यादवका अनुसार मन्दिरमा चार वटा सिसी क्यामरा जडान गर्नुका साथै राति बिजुली बत्तिको व्यवस्था गरी श्रद्धालु भक्तजनहरुलाई सहज रुपमा दर्शन तथा पुजाआजाको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
उहाँले छिमेकी भारतमा जारी निर्वाचनले गर्दा भारतमा आचार सहिंता लगाएका कारणले भारतीय श्रद्धालु भक्तजनहरुको संख्यामा अहिलेसम्ममा कमि आएको छ भने यता मधेशमा विगत दुई महिनादेखि जारी मधेश बन्दका कारणले पनि यसवर्ष छिन्नमस्ताको सखडेश्वरी मन्दिरमा श्रद्धालु भक्तजनहरुको संख्यामा निकै कमि आएको उहाँले बताउनुभयो । बडा दशैको अवसर पारेर मधेशी मोर्चाले श्रद्धाल् भक्तजनहरुलाई दर्शन तथा पुजाआजाको लागि यातायात तथा सवारी साधनहरु संचालनमा ल्याई दिए भक्तजनहरुलाई सजिलो हुने अध्यक्षको भनाई छ ।
त्यस्तै सखडेश्वरी मन्दिरमा यस वर्ष बन्द, हडताल र छिमेकी भारतको चुनावका कारण माताको दरबारमा श्रद्धालु भक्तजनहरुको संख्यामा कमि आएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले स्वीकार गर्नुभयो । उहाँले माताको दर्शन गराउँनका लागि आउँने श्रद्धालु भक्तजनहरुलाई कुनै किसिमको रोकछेक नगर्न आन्दोलनरत मधेशी मोर्चा लगायत हरेक पक्षसँग अनुरोध गर्दै निर्धक्क साथ सेवकहरुलाई माताको दर्शन तथा पुजाआजाको लागि आउँन अनुरोध समेत गर्नुभयो ।
उहाँले मधेशमा जारी आन्दोलन र छिमेकी भारतको चुनावका कारणले सयमा तीन प्रतिशत पनि श्रद्धालु भक्तजनहरु माताको दरवारमा नआएकोमा दुख ब्यक्त गर्नुहँुदै त्यसमा संचारमाध्यमहरुलाई सहयोग गरी माताको शक्तिपिठलाई भव्य रुपमा दशै अवधिभरी सफल बनाई दिनहुन सम्पुर्ण श्रद्धालु भक्तजनका साथै संचारकर्मीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
यसैबिच वडा दशै अवधिभरी छिन्नमस्ता सखडेश्वरी मन्दिरमा दर्शन तथा पुजाआजाका लागि आउँने श्रद्धालु भक्तजनहरुलाई मन्दिरकै प्राङ्गणमा समाज सशक्तिकरण संघ नेपाल लालापटीद्धारा निशुल्क चिनी, पानी र श्रवतको व्यवस्था गरिएको संघका उपाध्यक्ष जय प्रकाश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ