News Category 2072/07/01
जिल्लास्तरीय भारत्तोलन खेलाडीको छनौट सम्पन्न
राजविराज÷जिल्ला स्तरीय भारत्तोलन छनौट प्रतियोगिता शनिबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजानमा आयोजित सो जिल्ला स्तरीय भारतोलन प्रतियोगितामा सहभागि भएका भारत्तोलनका खेलाडीहरुलाई छनौट गरी क्षेत्रिय प्रतियोगितामा सहभागिता गराउनका लागि जिल्ला स्तरीय छनौट प्रतियोगिताको आयोजना गरेको हो ।
सो प्रतियोगितामा सहभागि भारत्तोलनका खेलाडीहरु मध्ये बलियो खेलाडीको रुपमा प्रथम हुनेहरुमा क्रमश १६७ किलो सम्म उठाउने मनोज कुमार यादव, १२५ किलोसम्म उठाउने रमेश कुमार यादव, ११५ किलोसम्म उठाउने देवनन्दन यादव, १४५ किलो सम्म उठाउने श्रवण शर्मा, १०० किलोसम्म उठाउने राजेश झा, १२५ किलोसम्म उठाउने सुबोध यादव, रामदयाल मण्डल र १३५ किलोसम्म उठाउने रोसन साह दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।
सोही छनौट प्रतियोगितामा बलियो, प्रथम, दोश्रो हुनेहरु मध्ये भारत्तोलनका सबैभन्दा बलियो खेलाडी मनोज कुमार यादवलाई संजय साहले १ हजार ५ रुपैयाँ, ई. रोसन कुमार साहले ६ सय ५० रुपैयाँ, भारत्तोलन संघ सप्तरीका अध्यक्ष एवं नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादवले ५ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो ।
सो समारोहमा खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, भारतोलनका प्रशिक्षक कुन्तिलाल यादव, संघका उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, भारतोलन संघका केन्द्रिय सदस्य दिनेश भुजेल सहितकाहरुले जिल्ला स्तरीय छनौट प्रतियोगितामा छनौट भएका सप्तरीका खेलाडीहरु क्षेत्रिय प्रतियोगितामा समेत विजयी प्राप्त गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै कराँतेको जिल्ला स्तरीय छनौट प्रतियोगिता समेत सम्पन्न भएको संजय परियारले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ