News Category 2072/07/01
जिल्लास्तरीय भारत्तोलन खेलाडीको छनौट सम्पन्न
राजविराज÷जिल्ला स्तरीय भारत्तोलन छनौट प्रतियोगिता शनिबार राजविराजमा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजानमा आयोजित सो जिल्ला स्तरीय भारतोलन प्रतियोगितामा सहभागि भएका भारत्तोलनका खेलाडीहरुलाई छनौट गरी क्षेत्रिय प्रतियोगितामा सहभागिता गराउनका लागि जिल्ला स्तरीय छनौट प्रतियोगिताको आयोजना गरेको हो ।
सो प्रतियोगितामा सहभागि भारत्तोलनका खेलाडीहरु मध्ये बलियो खेलाडीको रुपमा प्रथम हुनेहरुमा क्रमश १६७ किलो सम्म उठाउने मनोज कुमार यादव, १२५ किलोसम्म उठाउने रमेश कुमार यादव, ११५ किलोसम्म उठाउने देवनन्दन यादव, १४५ किलो सम्म उठाउने श्रवण शर्मा, १०० किलोसम्म उठाउने राजेश झा, १२५ किलोसम्म उठाउने सुबोध यादव, रामदयाल मण्डल र १३५ किलोसम्म उठाउने रोसन साह दोश्रो स्थान हासिल गर्न सफल भएका छन् ।
सोही छनौट प्रतियोगितामा बलियो, प्रथम, दोश्रो हुनेहरु मध्ये भारत्तोलनका सबैभन्दा बलियो खेलाडी मनोज कुमार यादवलाई संजय साहले १ हजार ५ रुपैयाँ, ई. रोसन कुमार साहले ६ सय ५० रुपैयाँ, भारत्तोलन संघ सप्तरीका अध्यक्ष एवं नेकपा माओवादीका केन्द्रिय सदस्य महेश प्रसाद यादवले ५ सय ५ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो ।
सो समारोहमा खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण मण्डल, भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश प्रसाद यादव, भारतोलनका प्रशिक्षक कुन्तिलाल यादव, संघका उपाध्यक्ष गोपाल प्रसाद गुप्ता, भारतोलन संघका केन्द्रिय सदस्य दिनेश भुजेल सहितकाहरुले जिल्ला स्तरीय छनौट प्रतियोगितामा छनौट भएका सप्तरीका खेलाडीहरु क्षेत्रिय प्रतियोगितामा समेत विजयी प्राप्त गर्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै कराँतेको जिल्ला स्तरीय छनौट प्रतियोगिता समेत सम्पन्न भएको संजय परियारले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ