News Category 2072/06/30
ओनसरी धर्ती सभामुख र गंगा यादव उपसभामुखमा निर्विरोध निर्वाचित
दैनिक संवाददाता
राजविराज, २९ असोज ।
ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुख बनेकी छिन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दलको तर्फबाट सभामुखमा उम्मेदवार बनेकी घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिएकी थिइन् । थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् ।
प्रधानमन्त्री निर्वाचनमा आफ्नै उम्मेदवार उठाएको कांग्रेसले पनि घर्तीलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
रोल्पाको जंकोट १ माडिचौरमा जन्मिएकी ३८ वर्षकी घर्ती रोल्पा २ बाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । माओवादी सशस्त्र जनयुद्धमा लागेकी घर्तीले १० वर्ष भूमिगत जीवन विताएकी थिइन् ।
उहाँले एसएलसीसम्म अध्ययन गरेकी छन् । उहाँले यसअघि संविधानसभा उपसभामुख थिइन् । नयाँ संविधान बनेसँगै तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख घर्तीले राजीनामा दिनुभएको थियो ।
यस्तै सप्तरीको १ नं. याोगिनिया गाविस वडा नं. ७ हाल हनुमानगर योगिनियाँमाई नगरपालिका १ निवासी गंगाप्रसाद यादव उपसभामुख पदमा निर्विरोध हुनु भएको छ ।
शुक्रबार व्यवस्थापिका संसदमा नेमकिपाले आफ्नो उम्मेदबारी फिर्ता लिएपछि उहाँ निर्विरोध हुनुभएको हो ।
पञ्चायतकालमा उहाँ जोगिनिया गाविसका प्रधानपञ्च हुनुहुन्थ्यो भने प्रजातन्त्र आएपछि राप्रपाबाटै गाविस अध्यक्ष हुनुभयो । शाही शासनकालमा उहाँ सप्तरी जिल्ला विकास समितिको उपसभापति मनोनित हुनुभयो । त्यसपछि दास्रो संविधानसभामा उहाँ राप्रपा नेपालबाट समानुपातिक सभासद् हुनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ