News Category 2072/07/02
सप्तरीबाट दुई मन्त्री र एक उपसभामुख
दैनिक संवाददाता
राजविराज, १ कात्तिक ।
जारि थरुहट मधेश आन्दोलनकै क्रममा नवगठित सरकारमा सप्तरीबाट दुई जना मन्त्री तथा एकजना उपसभामुख बनेका छन् ।
एनेकपा माओवादीका तर्फबाट सिंचाई मन्त्रीमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् उमेश यादव, नेकपा एमालेका तर्फबाट सप्तरीबाट समानुपातिक सभासद् बन्नु भएका सत्यनारायण मण्डल बिना विभागीय मन्त्री र राप्रपा नेपालका केन्द्रिय सदस्य तथा सप्तरीबाट सभानुपाति सभासद् गंगाप्रसाद यादव उपसभामुख बन्नु भएको छ ।
सिंचाई मन्त्री उमेश यादव आइतबारमात्र मन्त्री बन्नु भएको हो । यस्तै एमाओवादीका टोप बहादुर रायमाझि उपप्रधान एंव उर्जा मन्त्री, शक्ति बस्नेत गृहमन्त्री, गिरीराजमणी पोखरेल शिक्षा मन्त्री, रेखा शर्मा सामान्य प्रशासन मन्त्री, अग्नि सापकोटा वन मन्त्री र गणेशमान पुन बाणिज्य तथा आपूर्ती मन्त्री बन्नु भएको छ ।
यसैबीच उमेश यादव सिंचाई मन्त्री बन्नु भएको खुशियालीमा उहाँको गाउ लालापट्टी र छिमेकी गाउँ छिन्नमस्तामा दिपावली मनाइएको छ ।
यसैगरि आइतबारै मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव रामजनम चौधरी र बहुजन समाजवादी शक्ति पार्टीका सभासद् बिश्रवेन्द्र पासवान समेत मन्त्री बन्नु भएको छ । यद्दपी उहाँहरु दुबैलाई कुनै मन्त्रालय तोकिएको छैन् । उहाँहरु बिना विभागीय मन्त्री हुनुहुन्छ ।
यसअघि उपप्रधान तथा भौतिक योजना र यातायात मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नी खरेल, उद्योग मन्त्री सोमप्रसाद पाण्डे, कृषि मन्त्री हरिबोल गजुरेल, विनाविभागीय मन्त्री सत्यनारायण मण्डल, बिना विभागीय मन्त्री रामकुमार सुब्बा र राज्य मन्त्री मेघराज नेपाली निधाष बन्नु भएको छ ।
अब एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको वर्तमान सरकारमा एमाओवादीका आठ, एमालेका तीन, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका दुई, राप्रपा नेपालका दुई, बहुजन समाजवादी शक्ति पार्टीको एक र राज्य मन्त्रीमा मेघराज नेपाली निषादले समेत प्रतिनिधित्व गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ