News Category 2072/07/08
सप्तरीका तीन नाका पूर्ण रुपले ठप्प तीन सय लिटर पेट्रोल डिजल मोर्चाको नियन्त्रणमा
राजविराज÷दशै लगतै मधेश आन्दोलनलाई अझै सशक्त बनाउने मधेशी मोर्चाको निर्णय अनुसार शनिबार सप्तरीको विभिन्न नाका पुर्ण रुपमा ठप्प पारेका छन ।
सोही क्रममा शनिबार सप्तरीको तीन वटा नाका पुर्ण रुपमा ठप्प पारेका हुन । मधेशी मोर्चा तथा मोर्चा निकट विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुद्वारा सप्तरीको तिलाठी गाविसस्थित बेल्ही भन्सार नाका, नर्घो झुटकी गाविसस्थित झोहरा चौक नाका र बेल्हीचपेना गाविसस्थित वैजनाथ चौकमा नाका ठप्प पारिएको मोर्चाले जनाएको छ ।
सोही क्रममा व्यापारीक दृष्टिकोणबाट भारतबाट तस्करी गरी ल्याईरहेको अवस्थामा करिब ३ सय लिटर पेट्रोल र डिजल, २५ लिटर खाने तेल, दाल, चना, चिनी, १० बोरा मैदा सहितका सामग्रीहरु नियन्त्रणमा लिएको मोर्चा निकट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र क्ुमार मण्डलले जानकारी दिनुभयो ।
उहाँका अनुसार दैनिक उपभोग्य सामग्री तथा मलखाद्य बाहेक अन्य सामग्रीहरु ल्याउन नदिन सीमावर्ती नाकाहरुमा मधेशी मोर्चाले चेक आउट पोष्ट समेत स्थापना गरिएको छ ।
उक्त नाका ठप्प कार्यक्रममा स्थानीयबासीका साथै मोर्चा निकट तमलोपा विद्यार्थी फ्रन्टका केन्द्रिय सदस्य बिशेश्वर प्रसाद मण्डल, रामसपाका शिबजी मण्डल, सदभावना पार्टीका जगदिश मण्डल, क्षेत्रिय संयोजक राज कुमार मण्डल सहितकाहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी सप्तरीका सम्पुर्ण नाकालाई आईतबारदेखि पुर्ण रुपमा ठप्प पार्ने मधेशी मोर्चाको तयारी पुरा भईसकेको जानकारी दिनुभयो । सोही क्रममा शनिबारै सप्तरीकै छिन्नमस्ता गोविन्दपुर नाका, नर्घो झुटकीमा मोर्चाले भेलाबाट सो निर्णय गरिएको छ । सो कार्यक्रममा मधेशी मोर्चाका संयोजक रामप्रित यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव राजाबाबु, सत्य नारायण यादव सहितकाहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ