News Category 2072/07/08
आठ बुँदे सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी ः लोकतान्त्रिक केन्द्रिय सदस्यहरु
राजविराज÷मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्यहरुले मधेशीको माग पुरा नभए आफ्नो पार्टी सरकारबाट बाहिरन सक्ने चेतावनी दिएका छन् ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रीक जिल्ला कार्य समिति सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रिय सदस्यहरुले सो चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं पूर्व वातावरण मन्त्री हेमराज तातेडले विभिन्न वाधा अड्चनका बाबजुद पार्टी सरकारमा गएको तर ८ बुँदे सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताउनुभयो ।
त्यस्तै अर्का केन्द्रिय सदस्य नारायण मेहताले मधेशीको माग पुरा हुने संकेत देखा परेपछि मात्र पार्टी सरकारमा गएको जिकिर गर्नुभयो । उहाँले पार्टीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय दबाब आएकोले सरकारमा गएको स्पष्ट पार्नुभयो ।
यसैगरि अर्का केन्द्रिय सदस्य एवं पूर्व सांसद शिवनारायण रावले पार्टी सरकारमा नगएर मधेशीको माग पुरा नहुने चलखेल भइरहेको अवस्थामा बाध्य भई चौतर्फि दबाबपश्चात् सरकारमा गएको दाबी गर्नुभयो ।
त्यस्तै पार्टीका केन्द्रिय सल्लाहकार हासिम अंसारीले मुलुक धर्मनिरपेक्ष भइसकेको अवस्थामा पनि अहिले मन्त्रि परिषद्मा एकजना पनि मुस्लिम समुदायबाट प्रतिनिधित्व नगराइएकोमा अक्रोस व्यक्त गर्दै राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा मुस्लिम समुदायलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारले मुस्लिम समुदायलाई उपेक्षित गरेको भन्नुहुँदै आगामी दिनमा मुस्लिमहरुले पनि आफ्नो अधिकारका लागि लड्न सक्ने चेतावनी समेतक दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै फोरम लोकतान्त्रीक सप्तरीका अध्यक्ष शैलेश चौधरीले आफ्नो पार्टी र कमिटिका अधिकांश सदस्यले राजीनामा गरेको समाचार भ्रामक रहेको दावि गर्नुभयो । केन्द्रीय महासचिव मृगेन्द्रकुमार सिंह यादवका अतिरीक्त पार्टीको ११ जना पदाधिकारी मध्ये सत्यनारायण यादव र उमेश साह तथा १५ जना सदस्य र २ जना क्षेत्रीय अध्यक्षहरु मात्र राजिनामा गरेको अध्यक्ष चौधरीले वताउनुभयो ।
उहाले भन्नुभयो, ‘उहाँहरुको औपचारीक राजिनामा भन्दा पनि हामिले मिडिया मार्फत पार्टी परित्यागको राजनकारी पाए, उहाँहरु संख्यात्मक रुपमा कम भएपनि गुणात्मक रुपमा पार्टीलाई निकै क्षति भएको छ ।’ आफुहरु आन्दोलनमा अझै सशक्त सहभागि जनाई रहेको समेत चौधरीले स्पष्ट पार्नुभयो ।
यसअघि गतसाता पार्टीका केन्द्रीय महासचिव मृगेन्द्रकुमार सिंह यादवले राजविराजस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको मर्म विपरीत पार्टी अध्यक्ष विजयकुमार गच्छदार एकलौटी रुपमा सरकारमा सहभागि भएको भन्दै जिल्ला कार्य समिति, क्षेत्रीय समिति र विभिन्न भातृ संगठनका ८७ जनाले पार्टी परित्याग गरेको दावि गर्नुभएको थियो ।
सो कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद चौधरी, कोषाध्यक्ष बिन्दुकुमारी यादव, थारु कल्याणकारिणी सभाका रमाकान्त चौधरी, पत्रकार महासंघका पूर्वअध्यक्ष मुरली प्रसाद यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ