News Category 2072/07/11
सप्तरीका व्यवसायीद्वारा माग सम्बोधन गरी बन्द खुलाउन सरकारलाई आग्रह
दैनिक संवाददाता
राजविराज, १० कात्तिक ।
पछिल्लो ७४ दिनदेखिको आमहड्तालले जनजजिवन अस्तव्यस्त बनिसकेको अवस्थालाई अवगत गराउँदै सप्तरीका ब्यापारी ब्यवसायीहरुले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थित सहज गराउन सरकारसँग आग्रह गरेका छन् ।
लगातारको बन्दले ब्यापारीहरुलाई पसलको भाडादेखि बैंकबाट लिएको ऋणको ब्याज र सो ब्याजको जरिवाना तथा कर बुझाउनसमेत समस्या भइरहेको छ ।
यस्तो परिस्थितिमा व्यापारीहरुलाई एकमुष्ट रकम बुझाउन समस्यासमेत हुनेभइरहेकोले चाँडो भन्दा चाँडो आन्दोलनकारीको माग सम्बोधन गरी ठप्प रहेको ब्यापार ब्यवसाय सुचारु गराउनुपर्ने सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्तलाल साहको भनाई छ ।
बन्दले गर्दा राजविराजका सबै सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाहरुसमेत लगातार ठप्प छन् भने सबै भन्दा बढी समस्या दैनिक ज्यालादारी मजदुरी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई परेको छ ।
यता मधेसी मोर्चाको नेतृत्वमा थालिएको तेश्रो मधेस आन्दोलनको मंगलवार ७४ औं दिन बित्दा पनि आन्दोलनकारी र सरकारबीच सहमती हुन नसक्दा सप्तरीका सबै क्षेत्र तहस नहस बनेको छ । सरकार र आन्दोलनरत पक्षसँग पटक–पटक वार्ता भएपनि मूख्य विवादित विषय प्रदेश सिमाङ्कनमा हालसम्म छलफलसमेत नहुदा आन्दोलन झन चर्किदै गएको हो ।
मधेसी मोर्चाको आन्दोलनले बजार ब्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प भएपछि सप्तरी, सिरहा, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा पर्सा, रुपन्देहीसहितका मधेसका जिल्लाका बासिन्दाहरुको जनजीवन अति नै दयनिय बनेको हो । बन्दले सप्तरीमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव भएको छ । पेट्रोल नपाउूदा राजविराजका एम्बुलेन्सहरुलाई पनि बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको छ ।
बन्दकै कारण राजविराजसहित मधेसका विभिन्न जिल्लाहरुका अस्पातलहरुमा अक्सिजन र औषधीको अभाव भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन समेत नरहेको सिनियर अहेब एवं स्टोरकिपर लालकिशोर सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ