News Category 2072/07/11
सप्तरीका व्यवसायीद्वारा माग सम्बोधन गरी बन्द खुलाउन सरकारलाई आग्रह
दैनिक संवाददाता
राजविराज, १० कात्तिक ।
पछिल्लो ७४ दिनदेखिको आमहड्तालले जनजजिवन अस्तव्यस्त बनिसकेको अवस्थालाई अवगत गराउँदै सप्तरीका ब्यापारी ब्यवसायीहरुले आन्दोलनरत मधेसी समुदायको माग सम्बोधन गरी परिस्थित सहज गराउन सरकारसँग आग्रह गरेका छन् ।
लगातारको बन्दले ब्यापारीहरुलाई पसलको भाडादेखि बैंकबाट लिएको ऋणको ब्याज र सो ब्याजको जरिवाना तथा कर बुझाउनसमेत समस्या भइरहेको छ ।
यस्तो परिस्थितिमा व्यापारीहरुलाई एकमुष्ट रकम बुझाउन समस्यासमेत हुनेभइरहेकोले चाँडो भन्दा चाँडो आन्दोलनकारीको माग सम्बोधन गरी ठप्प रहेको ब्यापार ब्यवसाय सुचारु गराउनुपर्ने सप्तरी उद्योग बाणिज्य संघका महासचिव अनन्तलाल साहको भनाई छ ।
बन्दले गर्दा राजविराजका सबै सरकारी कार्यालय र बैंक तथा बित्तिय संस्थाहरुसमेत लगातार ठप्प छन् भने सबै भन्दा बढी समस्या दैनिक ज्यालादारी मजदुरी गरी जिविकोपार्जन गर्ने मजदुरहरुलाई परेको छ ।
यता मधेसी मोर्चाको नेतृत्वमा थालिएको तेश्रो मधेस आन्दोलनको मंगलवार ७४ औं दिन बित्दा पनि आन्दोलनकारी र सरकारबीच सहमती हुन नसक्दा सप्तरीका सबै क्षेत्र तहस नहस बनेको छ । सरकार र आन्दोलनरत पक्षसँग पटक–पटक वार्ता भएपनि मूख्य विवादित विषय प्रदेश सिमाङ्कनमा हालसम्म छलफलसमेत नहुदा आन्दोलन झन चर्किदै गएको हो ।
मधेसी मोर्चाको आन्दोलनले बजार ब्यवसाय, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प भएपछि सप्तरी, सिरहा, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा पर्सा, रुपन्देहीसहितका मधेसका जिल्लाका बासिन्दाहरुको जनजीवन अति नै दयनिय बनेको हो । बन्दले सप्तरीमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको चरम अभाव भएको छ । पेट्रोल नपाउूदा राजविराजका एम्बुलेन्सहरुलाई पनि बिरामीलाई अस्पताल पु¥याउन समस्या भएको छ ।
बन्दकै कारण राजविराजसहित मधेसका विभिन्न जिल्लाहरुका अस्पातलहरुमा अक्सिजन र औषधीको अभाव भएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा अक्सिजन समेत नरहेको सिनियर अहेब एवं स्टोरकिपर लालकिशोर सिंहले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ