News Category 2072/07/11
आन्दोलन लक्ष्य नजिक पुगिसक्यो ः महासचिव सुमन
दैनिक संवाददाता
राजविराज, १० कात्तिक ।
सदभावना पार्टीका महासचिव मनिष कुमार सुमनले जारी मधेश आन्दोलन लक्ष्य नजिक पुगिसकेकोेले अब छिट्टै मधेशको पहिचान र अधिकार सुनिश्चितता हुन सक्ने विश्वास ब्यक्त गर्नुभएको छ ।
मधेश प्रेमी युवा समुह बिषहरियाको आयोजनामा मंगलबार बिषहरिया गाविस ८ स्थित भगवति मन्दिरको प्राङ्गणमा आयोजित “जारी मधेश आन्दोलन आ मधेशक भावी कार्यदिशा” विषयक अन्तरक्रिया तथा बिरोध सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले सो विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले मधेश प्रदेश कायम नभएसम्म जारी आन्दोलन कुनै पनि हालतमा नरोकिने बताउँनुहुँदै जबसम्म सरकार भौक भौके बस्दैन तबसम्म मधेशको आन्दोलन समेत नरोकिने स्पष्ट पार्नुभयो ।
महासचिव सुमनले पहिचान, राज्य पुर्नसंरचना र उच्च स्तरीय राज्य पुर्नसंरचना सहितको आधारमा सिमांकन नभएसम्म मधेशमा जारी आन्दोलन कदापि नरोकिने तथा सो आन्दोलनलाई अझ लक्ष्यमा पु¥याउन सम्पुर्ण मधेशी जनसमुदायलाई सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
उहाँले जनसंख्याको आधारमा मधेशीहरुले आधा हिस्सा माग्दा वर्तमान सरकारले जारी शान्तिपुर्ण आन्दोलनमा गरेको दमन र युद्ध सम्झेर सेनालाई लड्न पठाएको आरोप समेत लगाउनुभयो ।
त्यसैगरी सोही कार्यक्रममा बिशिष्ट अतिथि संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साहले शान्तिपुर्ण आन्दोलनबाट मात्र सरकारको घुढा टेकाएर मधेशको अधिकार सुनिश्चितता हुने बताउनुभयो । नाका र राजमार्ग पुर्ण रुपमा ठप्प पारी अधिकार र पहिचान विरुद्धको यो लडाईमा सम्पुर्ण मधेशी जनसमुदायको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
मधेश प्रेमी युवा समुह बिषहरियाका संयोजक ईन्जिनियर नविनचन्द्र देवको अध्यक्षतामा आयोजित सो बिरोध सभामा नेकपा माओवादीका केन्द्रिय सदस्य छेदी यादव रंजित, नेपाल सदभावना पार्टी गजेन्द्रवादीकी केन्द्रिय सदस्य सावृत्रि पण्डित, तराई मधेश लोकतान्त्रिक पार्टीकी केन्द्रिय सदस्य साधना झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव, बिषहरिया गाविसका भुपु मुखिया राजेन्द्र प्रसाद यादव, बरिष्ठ पत्रकार राम नारायण देव, सदभावना पार्टी निकट महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादव, आन्दोलन परिचालन समितिका क्षेत्रिय संयोजक एवं सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, मैथिली साहित्य परिषदका अध्यक्ष शुभचन्द्र झा लगायतकाहरुले जारी आन्दोलन मधेशीको अधिकार सुनिश्चितता नभएसम्म जारी रहने उदघोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ