News Category 2072/07/12
सप्तरीमा पहाडी समुदायद्वारा मधेश आन्दोलनप्रति एक्यबद्धता
दैनिक संवाददाता
राजविराज, ११ कात्तिक ।
जारि मधेश आन्दोलनप्रति सप्तरीका ब्राहमण, क्षेत्री, आदिवासी, जनजाती, दलित पहाडी समुदायले बुधबार राजविराजमा एक्यबद्धता ¥याली निकालेका छन् ।
मधेश आन्दोलनको बुधबार ७५ औं दिन सप्तरी जिल्लामा पहिलो पटक पहाडी समुदायले एक्यबद्धता ¥याली निकालेको हो । ¥यालीमा पहाडी र मधेशी भाइ भाई, मधेशी पहाडी एकता जिन्दावद लगायतका नारा लगाएका थिए ।
लामो समयदेखी मधेश बन्द रहदा मधेशमा सदिऔंंदेखी बसोबास गरेका पहाडीमूलकाबासी लगायत मधेशीहरु समेतले दुःख झेल्नु परेको भन्दै सरकारलाई यथोचित मधेशीको माग सम्बोधन गर्न माग गरेका छन् ।
स्थानिय शिवमन्दिरको प्राङ्गनबाट निकालिएको एक्यबद्धता ¥याली राजविराज नगर परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
सो बिरोध सभामा बोल्दै आदिवासी जनजाती महासंघका उदय श्रेष्ठले मधेशमा बस्ने सबै मधेशी जनता हुन् त्यसैले दुई महिना भन्दा बढी समयदेखी आन्दोलनरत मधेशी जनताहरुको माग पुरा गर्न सरकारसँग माग गर्नुभयो । त्यस्तै सभामा नेवाः समाज तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधानले पहाडीमूलका बासिन्दाहरु सदिऔंदेखी मधेशमा बसिरहेको र उनीहरुको जन्मभूमि, कर्मभूमि समेत मधेश नै रहेकोले यही बसेर मधेशी जनताहरुसँग सहकार्य गरेर आन्दोलनमा एक्यबद्धता जनाएको धारणा व्यक्त गर्नुभयो ।
शिक्षक लक्षु परियारद्वारा संचालित सो बिरोध सभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश कुमार यादव, भिम बहादुर तामाङ्ग, ब्राहमण समाजका जगदिश आर्याल लगायतका बक्ताहरुले आन्दोलनरत मधेशीहरुको जायज माग अविलम्ब सम्बोधन गर्न सरकारसँग जोडदार माग गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ